२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईं पक्राउ परेपछि मानव अधिकार आयोगको टोली जिल्ला प्रहरी परिसरमा



अ+ अ-

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुगमन सुरु गरेको छ। आयोगको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो।

आयोगका अनुसार टोलीले प्रहरी हिरासतमा रहेका प्रसाईंसँगै सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी घटनाबारे आवश्यक जानकारी लिएको छ।

प्रसाईंलाई शनिबार राति करिब १२ः३० बजे भक्तपुरको सानोठिमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्ति–सुरक्षाविरुद्ध गतिविधि गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा राखिएको छ। प्रहरी प्रतिवेदनअनुसार उनलाई कानुनी प्रक्रिया अनुसार पक्राउ पुर्जी र थुनुवा आदेश थमाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी गराइएको छ।

आयोगले जारी गरिएको विज्ञप्तिमा चुनाव घोषणा भइसकेको संवेदनशील राजनीतिक परिस्थितिमा राज्यले शान्ति–सुरक्षा सुनिश्चित गर्न आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ। शान्ति–सुरक्षा कायम राख्नु सरकार, सुरक्षा निकायसँगै नागरिकको पनि साझा जिम्मेवारी रहेको आयोगले उल्लेख गरेको छ।

विचार तथा अभिव्यक्तिका आधारमा कसैलाई पक्राउ गर्नु मानव अधिकारविपरीत रहेको बताउँदै आयोगले सरकारले यस्ता कार्यप्रति गम्भीर हुन निर्देशन दिएको छ। साथै राजनीतिक दल, अभियन्ता तथा सर्वसाधारणलाई शान्ति–सुरक्षामा प्रभाव पार्ने गतिविधि र अभिव्यक्ति नगर्न आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत आग्रह गरिएको छ।