काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।
केहीबेरअघि प्रारम्भ भएको उक्त बैठकमा वर्तमान राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीसम्बन्धी एजेन्डामाथि छलफल भइरहेको स्रोतले जनाएको छ।
नियमित प्रकृतिको भएकाले आजको बैठकमा मन्त्रालयहरूले पेस गरेका प्रस्तावहरू, ताजा घटनाक्रमहरूको समिक्षा तथा नीतिगत निर्णयको एजेन्डा समेटिएको बताइएको छ।
बैठक अहिले जारी छ ।









