२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन पक्षधर कांग्रेस नेताद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको बेला सो अभियानमा रहेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान करीब साढे दुई घण्टा चलेको भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति, आगामी चुनावको तयारी र सुरक्षा अवस्थाबारे विस्तृत छलफल गरिएको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए।

उनका अनुसार कांग्रेस भित्र उत्पन्न भइरहेको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र त्यसको सम्भावनाबारे पनि प्रधानमन्त्री कार्कीले विशेष चासो व्यक्त गरेकी थिइन्।

प्रधानमन्त्रीसँग भेटपछि कांग्रेसभित्र थप तरंग पैदा भएको छ। बालुवाटार पुगेका नेतामा विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ, गुरु घिमिरे, देवराज चालिसे, उज्ज्वल बराल, टेकराज पौडेल, छडुप तामाङ र सन्दिप निरौला सहभागी रहेका थिए।

विशेष महाधिवेशनका पक्षमा रहेका नेताहरूले प्रधानमन्त्रीसँगैको भेटलाई संगठनभित्रको बहसलाई नयाँ दिशातर्फ धकेल्ने संकेतका रूपमा लिएको बताएका छन्।