१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दै गर्दा दम्पती पक्राउ



अ+ अ-

काठमाडौँ । इटहरी उप–महानगरपालिका–१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् ।

नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना चौधरी पक्राउ परेका हुन् । फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा उनको श्रीमतिले सिमेन्टको २ वोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागुऔषध भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रामाडोल १ हजार ९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र कोठाको टेवलबाट प्रतिवन्धित औषधी ४०० पत्तामा ४ हजार ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ  ।