३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालमा बढ्दै मधुमेहको जोखिमः जीवनशैली परिवर्तन नै मुख्य उपाय– डा.प्रिया दर्शिनी योञ्जन

नेपालमा बढ्दै मधुमेहको जोखिमः जीवनशैली परिवर्तन नै मुख्य उपाय– डा.प्रिया दर्शिनी योञ्जन
अ+ अ-

काठमाडौँ । नेपालमा करिव १० लाखभन्दा बढी व्यक्ति मधुमेहबाट ग्रस्त छन् । थप १५ लाखमा प्रि–डायबिटिज (मधुमेहको उच्च जोखिम) रहेको अनुमान गरिएको छ ।

मधुमेहबाट बच्न चिकित्सकहरुले ३० मिनेट दैनिक हिँडडुल, चिनी तथा प्रशोधित खाना कम गर्ने र वर्षमा एकपटक रगत जाँच गर्न सबैलाई आग्रह गरेका छन् । अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र बढ्दो तनावका कारण मधुमेहको समस्या झन बढ्दै गइरहेको छ । ४० वर्ष उमेर समूहका युवाहरूमा पनि टाइप–२ मधुमेह तिब्र गतिमा फैलिरहेको छ । मधुमेह एउटा दीर्घरोग हो ।

जसले शरीरमा सुगरको मात्रा असामान्य रूपमा बढाउँछ र समयमै उपचार तथा नियन्त्रण नगरे गम्भीर जटिलताहरू निम्त्याउँछ । अल्का अस्पतालकी डाक्टर प्रियादर्शिनी योञ्जन यस रोगका कारण मुटु, मिर्गौला, आँखा तथा शरीरका विभिन्न अंगहरूमा असर पर्ने बताउनु हुन्छ । मधुमेह सम्बन्धी चुनौतिहरू र रोकथामका उपायबारे योञ्जनले दिनुभएको जानकारीअनुसार नेपालमा ‘टाइप–२ मधुमेह’ बढ्दो छ । डा. योञ्जनकाअनुसार मधुमेहका प्रारम्भिक लक्षणहरू अत्याधिक तिर्खा लाग्ने, धेरै पिसाव लाग्ने, अत्यधिक भोक लाग्ने, तौल घट्दै जाने भएपनि यी सबै लक्षण ५० प्रतिशत बिरामीमा मात्र देखिन्छन् । लक्षण नदेखिए पनि मधुमेह हुनसक्ने भएकाले वर्षमा एक पटक सबैले सुगर लेभल जाँच गर्नुपर्ने सुझाव उहाँको छ ।

उहाँले भन्नुभयो, ‘मधुमेह हुने व्यक्तिहरुमा हामीले लक्षणहरु सबै सुनेकै छौं, जस्तै तिर्खा धेरै लाग्ने, पिसाव धेरै लाग्ने, भोक लाग्ने, तौल घट्दै जाने, यो लक्षणहरु सबैमा देखिँदैन, ५० प्रतिशतहरुमा मात्र यो लक्षण देखिन्छ । त्यसकारण लक्षणहरु आइसकेपछि जाँच गर्ने होइन, लक्षण नभएको व्यक्तिहरुमा पनि मधुमेह हुनसक्छ । त्यस कारण ३० वर्ष नाघिसकेका सबै व्यक्तिहरुले वर्षको एक चोटी लक्षणहरु नभए पनि आफ्नो ब्लड,सुघर चेक गर्ने म सल्लाह दिन्छु ।’

९० प्रतिशत भन्दा बढी बिरामी ‘टाइप–२’

विश्वभरका मधुमेहका बिरामीमध्ये ९० प्रतिशत ‘टाइप–२’ रोगी हुने तथा नेपालमा पनि यही प्रकार प्रमुख रहेको डा. योञ्जनले बताउनु भयो । जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपना, जङ्क–फुडको बढ्दो प्रयोग तथा पारिवारिक इतिहास यसका मुख्य जोखिम कारक हुन् । नेपालमा ‘टाइप–१’ मधुमेह ५ प्रतिशत भन्दा कम देखिने भएपनि गर्भावस्थामा देखिने मधुमेह तथा औषधि वा हर्मोनल समस्याको कारण देखिने ‘सेकेण्डरी डायबिटिज’ समेत भेटिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मधुमेहको संसारभरी हामीले यो मधुमेहको केसहरु बिरामीहरु देख्छौं । त्यो ९० प्रतिशत भन्दा बढी ‘टाइप टु’ अथवा ‘प्रकार दुई’ मधुमेहको पेसेन्टहरु हो । यो संसारभर नै धेरै मात्रामा देखिने टाइप टु नै हो, र हाम्रो क्लिनिकल प्राक्ट्रिसमा आउने मधुमेहको बिरामीहरु टाइप टु डायबिटिज पेसेन्टहरु नै हो ।’

जीवनशैली परिवर्तन नै प्रभावकारी रोकथाम

डा.योञ्जनकाअनुसार मधुमेह रोकथाम र नियन्त्रण दुवैका लागि साधारण जीवनशैली परिवर्तन नै सबैभन्दा प्रभावकारी उपाय हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले धुम्रपान र मद्यपानलाई प्रमुख हानिकारक वस्तुका रुपमा चिन्हित गर्नुभयो । यि दुवै पूर्णरूपमा त्याग्नसके मात्र दीर्घरोगसँग सम्बन्धित जोखिमहरू घटाउन सकिने उहाँको भनाइ छ । खानपानमा सुधार अर्काे महत्वपूर्ण पक्ष भएकाले बजारमा पाइने जंक–फुड, प्रशोधित (प्याकेट) खाद्यपदार्थ तथा अत्यधिक चिनीयुक्त परिकारहरूलाई न्युन गर्न आग्रह गर्नुभयो । सकेसम्म घरमै पकाइने ताजा र सन्तुलित भोजनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । दैनिक आहारमा हरियो साग र तरकारी फाइबरयुक्त खाना तथा प्रशोधित खाद्यपदार्थको न्युनतम प्रयोग गर्नसके मधुमेहको दीर्घकालीन जोखिम घट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जीवनशैली भनेको यो रकेट साइन्स होइन । एकदमै गाह्रो कुरा होइन । यो सिम्पल लाइफ स्टाइल चेन्ज गर्ने कुरा हो । पहिले भनेको आफ्नो वेटलाई कन्ट्रोलमा राख्ने । कन्ट्रोलमा राख्ने भनेको तपाईको वेट यदि तपाई अलिकति ओभर वेट हुनुहुन्छ भने वेटलाई पाँचदेखि दश प्रतिशतसम्म घटाउने ट्राइ गर्नुहोस् र त्यो वेटलाई मेन्टेन गर्नुहोस् पहिलो भनेको त्यो हो । र जुन व्यक्तिको चाहीँ वेट राम्रो छ उहाँहरुले त्यो वेटलाई मेन्टेन गर्ने कुरा हो । दोस्रो भनेको यदि तपाई धुम्रपान, मध्यपान गर्नुहुन्छ भने यो कुराहरु चाहीँ छाड्ने  र तेस्रो भनेको अहिले डेक्स जभ धेरै हुन्छ भनेको एउटै ठाउँमा बसेर लामो समय कम्युटर चलाउने अथवा त्यही पोजीसनमा काम गर्ने हुन्छ ।

त्यस्तो खालको यदि तपाईको ड्युटी छ भने एक, एक घण्टामा उठ्ने हात खुट्टा तन्काउने र दैनिक एक घण्टादेखि पैँतालिस मिनेट हिँडाइको लागि चाहीँ टार्गेट गर्ने । र अर्को लाइफस्टाइल चेन्ज भनेको सकेसम्म बाहिरको जुन हामी खाना खान्छौं जुन जङ्क फुडहरु हुन्छ । बाहिर खाने कम गर्ने र घरमा पाकेटको खानेकुराहरु सकेसम्म नराख्ने, सकेसम्म फ्रेस, ताजा घरमै भेजिटेबलहरु अथवा जे तपाईको घरमा पाक्छ । घरमा पाकेको खानेकुरा चाहीँ यदि खानुभयो, यो सिम्पल दुई,तीन ओटा कुराहरु आफ्नो जीवनशैलीमा मिलाउन सक्नुभयो भने लामो समय नै डायबिटिजको रोकथाम चाहीँ हामी गर्नसक्छौं ।’

औषधि आफैँ बन्द नगर्न सुझाव 

मधुमेह दीर्घ रोग भएकाले यो निको नहुने उहाँले बताउनु भयो । कतिपय बिरामीहरुले सुगर लेभल कन्ट्रोलमा आउने बित्तिकै रोग निको भयो भनेर चिकित्सकको सल्लाह बिना औषधि प्रयोग गर्न छोड्ने र पुनः गम्भीर अवस्थामा फर्किने गरेको बताउँदै यसो नगर्न सुझाउनु भयो । मधुमेह रोग औषधिको कम डोजमा र जीवनशैलीबाट नियन्त्रणमा आउने भएपनि डाक्टरको सुझाव, सल्लाह बिना परीक्षण बन्द गर्न नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधुमेह भनेको दीर्घ रोग हो । कतिले के भन्नुहुन्छ भने निको हुन्छ भनेर सुगर कन्ट्रोल आउने बित्तिकै बिरामीहरु चेकअपको लागि आउनुहुन्न, औषधि आफैँ बन्द गरिदिनु हुन्छ, अनि त्यसको तीन,चार वर्ष पछि कुनै जटिलताहरु आएपछि अथवा सुगर एकदमै नराम्रो भएपछि फेरि फर्किएर आउनुहुन्छ । म के भन्न चाहन्छु भने यो दीर्घरोग हो यो रेमिसनमा जानसक्छ, रेमिसन भनेको के हो भने औषधि एकदमै कम डोजमा र जीवनशैलीबाट कसैकसैमा कन्ट्रोलमा आउँछ । तर डक्टरको सुझाव, सल्लाह बिना चाहीँ आफ्नो औषधी आफ्नो ट्रिटमेण्ट र आफ्नो चेकअप बन्द नगर्नुहोस् ।’

युवाहरूमा ‘इन्स्टेन्ट लाइफस्टाइल’ को प्रवृति बढ्दै गइरहेकाले मधुमेह नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको डा.योञ्जनले बताउनु भयो । मोबाइलको अत्यधिक प्रयोग, व्यायामप्रति कम रुचि र इन्स्टेन्ट फुडको बढ्दो सेवन नै मुख्य कारण रहेको उहाँको भनाइ छ । उहाँले समुदायस्तरमा जागरण कार्यक्रम, स्वास्थ्य क्याम्प र जीवनशैली सचेतना अभियान बढाउनुपर्ने आवश्यकता उनले औँल्याउनु भयो ।

के हो मधुमेह ?

मधुमेह एक प्रकारको दीर्घ रोग हो । हाम्रो शरीरमा चिनीको मात्रा बढ्दै जान्छ । चिनीको मात्रा उच्च भएपछि समस्या निम्त्याउँछ । यो दीर्घ रोग भएको हुनाले यसबाट समयमा नै उपचार गर्न नसके वा यसलाई नियन्त्रणमा राख्न नसके  जटिलताहरु थपिने डा. योञ्जन बताउनु हुन्छ । यसबाट मुटुको समस्या बढी हुन्छ । हृदयघात हुने डर दुईदेखि चार गुणा बढी हुन्छ । यसले आँखा, मिर्गौला र शरीरका अरु अंगहरुमा पनि असर गर्दछ ।