२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्यामसँग बराबरी खेल्यो



वेस्टह्यामका खेलाडी म्यान्चेस्टर युनाइटेड विरूद्ध गोल गरेपछि खुसी साटासाट गर्दै । डिसेम्बर ५, २०२५।
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्यामले १-१ गोलले बराबरी खेलेका छन् ।

युनाइटेडका डिएगो डालोटले ५८औं मिनेटमा पहिलो गोल गरेका भए पनि त्यसलाई युनाइटेडले जोगाउन सकेन । वेस्टह्यामका लागि मिडफिल्डर सोनगाउटाउ मागास्साले ८३औं मिनेटमा गोल गरेर म्यान्चेस्टरलाई हिस्स पारे ।

यो बराबरीसँगै म्यान्चेस्टर युनाइटेड १४ खेलबाट २२ अंक सहित आठौं स्थानमा छ । वेस्टह्याम भने १२ अंक सहित रेलिगेसन जोनमै छ ।

प्रिमियर लिगमा यस साता १४ खेल सम्पन्न भएका छन् । अंक तालिकामा आर्सनल १४ खेलबाट ३३ अंक सहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको २८ अंक छ भने तेस्रो स्थानको एस्टन भिल्लाको २७ अंक छ ।

त्यसैगरी चौथो स्थानमा चेल्सीको २४, पाँचौं स्थानको क्रिस्टल प्यालेसको २३ अंक छ ।

खराब फर्मसँग जुधिरहेको डिफेन्डिङ लिग लिडर लिभरपुल भने २२ अंक सहित नवौं स्थानमा छ ।