१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मीहरुलाई विष्णु रिमालले भनेः ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताउनुभएको हो ।

उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दैसो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टीममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाईनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । यो चाहीँ ठहर नै हो । साथीहरुले लेखेरै राख्नु भएपनि हुन्छ । छाप्नु भएपनि हुन्छ, बजाए पनि हुन्छ । २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ ? भन्दाखेरी केपी शर्मा ओली । यसमा हाजिरी जवाफमा फेलै खाईन्न । पूरै नम्बर आउँछ । त्यो भन्दामुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ ।’

उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमती नै हुने अवस्था रहेको तर्क समेत गर्नुभयो ।