३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रव्यापी टी- २० क्रिकेट प्रतियोगिताको उपाधि पाटनलाई



अ+ अ-

काठमाडौं । पाटन बहुमुखि क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

न्यु समिट कलेजको आयोजनामा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित गर्यो । उपाधिसंगै पाटनले ६० हजार नगद पुरस्कार पायो । एकेडेमियाले ४० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

टस जितेर ब्याटिङ रोजेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा ९८ रन बनायो । मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए । बलिङतर्फ पाटनका निर्मल लुइटेलले ४ ओभरमा १ मैदन राख्दै ८ रन खर्चेर २ विकेट लिए । चारै ओभर गरेका रुपेश बुढाथोकीले २५ रन दिएर २ विकेट चट्काए ।

जवाफमा पाटनले १४.४ ओभरमा ३ विकेट गुमाउदै १ सय रन बनायो । हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले नटआउट २४ रन जोडे । सुनिल ‘म्यान अफ द म्याच’ बने । बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले ३।४ ओभरमा १६ रन खर्चदै २ विकेट हात पारे । भुवन शाहीले ४ ओभरमा १ मैदनसहित १३ रन दिदै १ विकेट लिए ।

पाटनका चक्र तिमल्सिना ‘म्यान अफ द सिरिज’ घोषित भए । चक्रले ७ खेलबाट १७ विकेट लिए । ४ खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए । हिमालयन कलेज अफ इन्जिनिएरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, न्यु समिटका प्रिन्सिपल डा. शिव दत्त ज्ञवाली, न्यु समिटका निर्देशकत्रय चोकराज दबाडी, भरत गिरी र अजयप्रसाद ढकाल एकेडेमियाका प्रिन्सिपल राजेश श्रेष्ठ, केएमसी नेटवर्कका निर्देशक किशोर गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । फागुन १७ गतेदेखि सुरु प्रतियोगितामा १३ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । नवौं संस्करण पाटनले आयोजना गर्ने भएको छ । विजेताले अर्को संस्करण आयोजना गर्ने प्रावधान अनुरुप पाटनले नवौं संस्करण आयोजना गर्ने भएको हो ।