३ भाद्र २०८३, बुधबार
,
Latest
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ



अ+ अ-

मस्को । अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु  भएको प्रमाणित अभिलेख रहेको  संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले बताएको छ । 'निरपेक्षता' र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन्  । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।  

उदाहरणका लागि, अफगानिस्तानमा २००५ यता प्रमाणित बाल हताहतको सबैभन्दा धेरै संख्या २८ ,५०० भन्दा बढी रहेको छ जुन विश्वव्यापी रूपमा सबै प्रमाणित बाल हताहतहरूको सङ्ख्याको २७ प्रतिशत हो ।

यसैबीच, मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा २००५ यता विद्यालय र अस्पतालहरूमा सबैभन्दा धेरै आक्रमणहरू भएका छन् । गत वर्षको पहिलो छ महिनामा २२ वटा त्यस्ता आक्रमणहरू प्रमाणित भएका छन्, विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, 'वर्ष(वर्ष, द्वन्द्वरत पक्षहरूले बालबालिकाको अधिकार र कल्याणको लागि भयानक उपेक्षा प्रदर्शन गरिरहेका छन्।'

'बालबालिकाहरू पीडामा छन् र यो लापरवाहीका कारण केटाकेटीहरू मरिरहेका छन्। यी बालबालिकाहरूलाई हानिबाट जोगाउन हर प्रयास गर्नुपर्छ,' फोरले भने।

युनिसेफले सन् २०२१ को तथ्याङ्क अझै उपलब्ध नभएको भए पनि सन् २०२० मा बालबालिकाविरुद्ध २६ हजार ४२५ गम्भीर मानवीय व्यवहार उल्लङ्घनका घटना संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको जनाएको छ ।

सन् २०२१ को पहिलो तीन महिनामा प्रमाणित गम्भीर उल्लङ्घनहरूको समग्र संख्यामा थोरै कमी देखिएको थियो तथाप अपहरण र यौन हिंसाका प्रमाणित घटनाहरू अघिल्लो वर्षको पहिलो चौमासिकमा क्रमशः ५० र १० प्रतिशतले वृद्धि भएको देखिएको युनिसेफले जनाएको छ । (रासस-एएफपी)