४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा इजरायली हवाई आक्रमणः २० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी र पूर्वी लेबनानका धेरै शहर र गाउँहरूमा इजरायली हवाई आक्रमणमा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।

लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको १६ गाउँ र शहरहरूमा १९ पटक हवाई आक्रमणहरू गरेका हुन् । पूर्वी लेबनानको चार गाउँ र शहरहरूमा पाँचवटा आक्रमण गरेका छन् ।

यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमा आफ्ना सदस्यहरूले इजरायलको हाइफा नौसेना आधारमा ड्रोन आक्रमण गरेको बताएको छ । यसले दक्षिणी लेबनानमा इजरायली सेनालाई मिसाइल ब्यारेजहरू पनि निशाना बनाएको थियो ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गर्दै भूमिगत कारबाही शुरु गरेको थियो ।