१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विदेशबाट संक्रमित भित्रन सक्नेतर्फ चनाखो रहन सुझाव

विदेशबाट संक्रमित भित्रन सक्नेतर्फ चनाखो रहन सुझाव
अ अ+ अ-

काठमाडौ । देशका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले विदेशबाट आउन सक्ने कोरोना भाइरस (कोभिड १९) संक्रमितहरूप्रति विशेष निगरानी राख्न सरकारलाई सुझाव दिएका छन् ।उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सो सुझाब दिइएको हो ।

बैठकमा दलका प्रतिनिधिहरूले पहिलो नम्बरमा संक्रमितको हुन सक्ने प्रवेश प्रति निगरानी र सतर्कता बढाउन र केही गरी संक्रमण फैलिहालेमा त्यसको उपचार लगायतको कामका लागि पूर्ण रुपमा पूर्व तयारी गर्न सुझाव दिएको बैठकपछि उपप्रधानमन्त्री इश्वर पोखरेलले पत्रकारहरूलाई जानकारी गराए । त्यस्तै यदि संक्रमण फैलियमा त्यसको उपचारमा संलग्न हुने स्वास्थ्य कर्मीको सुरक्षा तथा उनीहरूलाई दिइने बीमा लगायतक सुविधाहरूको बारेमा पहिले नै स्पष्ट हुनु पर्ने सुझाव दिइएको थियो ।

बैठकमा सत्तारुड दलका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल तथा माधवकुमार नेपाल तथा नेपाली काँग्रेसका तर्फबाट बालकृष्ण खाँड, गगन थापा, त्यस्तै अन्य नेताहरुमा महन्त ठाकुर, राजेन्द्र महतो बैठकमा सहभागी रहेका थिए । गोरखापत्र दैनिक