२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन महिला क्रिकेट: नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ। भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।

अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा  कुनै पनि विकेट नगुमाइ पूरा ग¥यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबैै विकेट गुमाउँदै १७ रनमै समेटियो ।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक÷एक विकेट लिए।