काठमाडौँ । काठमाडौं महानगरपालिका–१३ रहेको कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्ति काठमाडौँ टंकेश्वर बस्ने ४१ वर्षिय विजय लामा रहेका छन् । भदौ २४ गतेको प्रदर्शनको क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनीमा उनको संलग्नता पाइएको हो ।
शनिबार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै उनीविरुद्ध दुई वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।










