२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रका सूचकांकहरु सकारात्मक: महँगी घट्यो, लगानी बढ्यो



अ+ अ-

काठमाडौ । मुलुकको अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८२ को त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार महँगीदर घटेको  छ भने मुलुकमा वाह्य लगानी आउने क्रम पनि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले ३ महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४७ प्रतिशत रहेको उल्लेख गरेको  छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७ दशमलव २० प्रतिशत र ३ दशमलव ४९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासकोऔसत मुद्रास्फीति १ दशमलव ६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४ दशमलव २६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७ दशमलव ७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३ दशमलव ७१ प्रतिशत र माछा तथा मासुको ३ दशमलव १५ प्रतिशतले बढेको छ ।

तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ६३ प्रतिशत, मरमसलाको ७ दशमलव ८२ प्रतिशत र दालतथा गेडागुडीको ४ दशमलव ४१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथासेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्यसूचकाङ्क १५ दशमलव ५१ प्रतिशत, शिक्षाको ७ दशमलव ६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव २९ प्रतिशत,सुर्तीजन्य पदार्थको ४ दशमलव ८४ प्रतिशत र फर्निसिबतथा घरायसी उपकरणको ४ दशमलव ५५ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव २९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिकविन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव ५३ प्रतिशतले बढेको छ ।

चालु खाता १ खर्ब ३० अर्ब बढी रूपैयाँले वचतमा 

नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधीमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रूपैयाँले वचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले वचतमारहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी  अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ७१ करोड रूपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रूपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले वचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले वचतमा रहेको छ ।

तीन महिनामा विप्रेषण आप्रवाह ५ खर्ब ५३ अर्ब

तीन महिनामा विप्रेषण आप्रवाह ५ खर्ब ५३ अर्ब पुगेको छ । यो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढी हो । त्यसो त, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।