३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे

सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे
अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा प्रवेश गरे पनि संगठन सुदृढीकरण र रूपान्तरणको अभियान कुनै पनि अवस्थामा नरोकिने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति नेपाली कांग्रेसको विश्वास व्यवहारमै प्रतिबिम्बित हुने उल्लेख गरेका छन्। उनले अदालतको प्रत्येक कानुनी प्रक्रियाको सम्मान गर्ने स्पष्ट गर्दै कानुनी प्रक्रियाले आफ्नो बाटो लिने तर पार्टीको संगठन निर्माण, आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनर्स्थापनाको अभियान अझ तीव्र रूपमा अघि बढ्ने बताएका छन्।

घिमिरेले नेपाली कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्धारित भएको दाबी गरेका छन्।

उनले लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु उचित नहुने बताएका छन्। संवाद, संस्थागत प्रक्रिया र पार्टी विधान नै लोकतान्त्रिक दलका सबैभन्दा विश्वसनीय आधार भएको उनको भनाइ छ।

महामन्त्री घिमिरेले संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थाभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्ने टिप्पणी गरेका छन्।

उनले अहिले नेपाली कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प, अविश्वासको राजनीतिभन्दा रूपान्तरणको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।