१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ



अ+ अ-

काठमाडाैँ । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् ।

सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । यसैबीच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन् । उनीहरूबाट नगद रु ५५ हजार पनि बरामद भएको छ ।