२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रश्न: यो सरकार कसको हो ?



अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आज बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान सरकार संविधानबाट पनि नबनेको,संसदबाट नबनेको,दलबाट नबनेको,जेनजीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गर्नुभएको छ ।
‘यो सरकार कसको प्रतिनिधी हो ? जेन जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ‘आखिर यो सरकार कसको हो ?’

बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहिनतालाई प्रश्रय दिएको बताउनुभयो । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन,स्थान हद गर्न सरकार विभिन्न समुहका नाममा माग पत्र,ज्ञापन पत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ ।

‘विभिन्न नामका समुह खडा गरेर कहिले २४ गतेका विध्वंस्कारीलाई पक्रन हुदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ । कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो कुनै जेन जी समुहले गरेको होइन । सरकारले आफैं यस्ता समुहहरु खडा गरेर,आफैं ज्ञापन पत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’ यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरुसँग भएको उहाँले बताउनुभयो । गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहिनतालाई प्रश्रय दिएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनस्र्थापना एक मात्र विकल्प भएको बताउनुभएको छ । ‘असंवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनस्र्थापना गरेर मात्र देशलाई सही बाटोमा हिडाउन सकिन्छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यदी यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ । ’

संसद विघटनलाई सिंगो देशले नै अस्विकार गरको उहाँले बताउनुभयो । ‘अहिलेको संसद विघटनलाई सिंगो देशले अस्विकार गरेको छ । सबै वडाहरुले अस्विकार गरेका छन् । पालिकाहरुले अस्विकार गरेका छन् । जिल्लाहरुले अस्विकार गरेका छन् ’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसको प्रमाणको रुपमा एमाले वडामा उल्लेख्य जनताको सहभागितामा भएका भेला,पालिकाका जनप्रदर्शन र हिजो देशैभर भएका जनसभालाई हेर्न सकिन्छ । एमालेले सञ्चालन गरेका यी कार्यक्रममा ठूलो संख्यामा जनता उर्लिएर अहिलेको सरकार र यसका कदमलाई अस्विकृत गरिसके ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालिन अवस्थामा पुर्याएको बताउनुभयो । ‘पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन । अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ तर अहिले व्यवहारमा छैन ’ प्रेस चौतारीको टिमसँग अध्यक्ष ओलीले भन्नुभयो ‘सेल्फ सेन्सरसिप लागु भएको छ । पत्रकारले आफूले देखेको,अनुसन्धान गरेका विषयहरु सहजै लेखेमा उनीहरुमा सरकारबाट खतरा छ । त्यसैले सेल्फसेन्सरसिपको मार पत्रकारले खेपिरहेका छन् । ’

छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमन अवस्थामा सञ्चार माध्यमको अवस्था,पत्रकारप्रति बढेको सुरक्षा संवेदनशिलता र प्रेस चौतारीका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।