१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत



अ+ अ-

काठमाडौँ । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले  आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गर्नुभएको छ ।

अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उहाँले सनाखत गर्नुभएको हो । दलको प्रश्तावित अध्यक्ष समेत रहनुभएका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सनाखतपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गर्नुभयो । उहाँले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत गर्नुभयो । उहाँकाअनुसार दलले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूल एजेण्डा बनाई चुनावमा जानेछ ।

उहाँले भन्नुभयो, ‘यो देशमा दर्ता भएका सबै राजनीतिक दलहरु एकातिर र हाम्रो दललाई एकातिर राखेर हामी निर्वाचनमा जाँदैछौं । त्यो हाम्रो दल नै पल्लाभारी हुन्छ ।  किनभने हामीसँग गरिबका मुद्दा छन् । हामीसँग गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरु छन् । हामी नागरिकका मुद्दाहरुलाई लिएर, राष्ट्रका मुद्दाहरुलाई लिएर र धर्म संस्कृति र संस्कारका मुद्दाहरुलाई लिएर हामी चुनावी मैदानमा जाँदैछौं । हामीले राजनीतिलाई अरु पार्टीहरुले जस्तो व्यापार सम्झेको छैनौं । हामी राजनीतिमा सेवा र समर्पण गर्नको लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा अगामी चुनावमा हामी अरु दलभन्दा पल्लाभारीको रुपमा जनताको पक्षमा काम गर्नको संसद भवन र सिंहदरबार छिर्नेछौं ।’

उहाँले आगामी निर्वाचनमा मतदाताको विश्वास जितेर सिंहदरबार र संसद् भवनसम्म जनताको मुद्दा लैजाने लक्ष्य दलको रहेको स्पष्ट पार्नुभयो ।