![](https://newspolar.com/wp-content/uploads/2022/03/nc_q7MCdtiKN2.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।
मनोनित तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए ।
सभापतिमा गुरुङ , महामन्त्रीमा पौडेल र सहमहामन्त्री पदमा उम्मेदवार रहेका शाही तीनै जना पराजित भएका थिए ।
सभापति देउवाले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् ।