१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी



अ+ अ-

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ ।

फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएकी उहाँले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थाल्नुभएको हो । दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु २० लाखसम्मको कारोबार हुने गरेको बताउनुभयो । आम्दानी राम्रै हुन्छ । कामदारलगायत सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब रु १० लाखबराबरको कारोबार भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मूल्य समयअनुसार फरकफरक हुन्छ । फूल प्रतिकिलो रु एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु ६० देखि रु एक सयसम्ममा बिक्री गर्ने गरिएको छ ।” उहाँले भन्नुभयो, “चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ । बचत पनि राम्रै हुन्छ । स्वरोजगार बनिएको छ ।”

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उहाँले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति रु छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताउनुभयो । उहाँले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताउनुभयो । फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताउनुभयो । फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उहाँले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताउनुभयो ।रासस