१५ श्रावण २०८३, शुक्रबार
,
Latest
‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण



फाइल फोटो
अ+ अ-

काठमाडौँ। सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर क्षेत्रको फोहरमैला व्यवस्थापन र सडक मर्मतबारे निरीक्षण गर्नुभएको छ ।

आज उहाँको नेतृत्वमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले गुह्येश्वरीदेखि  सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिनुभएको हो ।

मन्त्री घिसिङले बाग्मती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौँ उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण तथा मर्मतसम्भारमा देखिएको समन्वयको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री घिसिङले भन्नुभयो, “काठमाडौँ उपत्यकाका नदीलाई सफा बनाए मात्र सहर सफा हुन्छ । त्यसैले दीर्घकालीन रूपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ । ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रूपमा गरिरहेका छौँ, नदी करिडोरका सडकलाई कालोपत्र, मर्मतसम्भार गर्नेलगायत कामलाई उच्च प्राथमिकता राखेर अगाडि बढाइएको छ ।”

चावहिल—सुन्दरीजल सडक बिस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।रासस