१५ श्रावण २०८३, शुक्रबार
,
Latest
साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ



फाइल फोटो
अ+ अ-

भक्तपुर। बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका लागि एक हजार घर निर्माण भइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उहाँले बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेशभरिका एक हजार गरिब तथा विपन्न नागरिकका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने योजना अघि बढाएको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार गरिबमुखी, गाउँमुखी, सेवामुखी, विकासमुखी, आयमुखी र न्यायमुखी प्रदेश बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउँदै घर निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

त्यस्ता परिवारलाई घरसँगै आयआर्जनका लागि किस्ताबन्दीमा रु दुई लाखसम्म सहयोग उपलब्ध गराउने पनि बताउनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “गरिब, विपन्न, असहायका लागि प्रदेश सरकारले एक हजार घर निर्माण गरेर हस्तान्तरण गर्नेछ ।

त्यसका लागि प्रक्रिया अगाडि बढाएको छ । ती परिवारलाई गरिखाने व्यवस्थापनका लागि दुई किस्तामा गरी रु दुई लाखसमेत प्रदान गर्ने तयारी छ । त्यो पैसाले बाख्रापालन वा अन्य कुनै व्यवसाय गर्नुपर्नेछ, पहिलो किस्तामा रु एक लाख र व्यवसाय सुरु गरेपछि अर्को किस्ता दिनेछौँ ।”

उहाँले सरकारले गरिब तथा विपन्न बालबालिकालाई निःशुल्क पढाउने व्यवस्थासमेत गर्ने भन्दै  आर्थिक अवस्था कमजोर भएकै कारण पढाइबाट वञ्चित हुन नपर्ने गरी व्यवस्था गर्ने लागिएको जनकारी दिनुभयो ।

मुख्यमन्त्री बानियाँले फागुन २१ मा तोकिएको निर्वाचनमा दल र जनतामा उत्साह जगाउने जिम्मेवारी सङ्घीय सरकारको भएको बताउनुभयो । रासस