२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई



अ+ अ-

काठमाडौँ। एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३–२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो ।

सुरुआती दुई सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट  भने १३–२५, १७–२५ ले गुमायो ।

त्यसपछि  खेलको पाँचौँ तथा निर्णायक सेटमा १५–८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल भयो ।