![](https://newspolar.com/wp-content/uploads/2022/03/maobadi_banda_satra_Q7sV679fqV.jpg)
काठमाडौं । नेकपा (माअोवादी केन्द्र)को बन्दसत्र केहीबेरमा सुरु हुँदैछ।
केहीबेरमै सुरु हुन लागेको आइतबारको बन्दसत्रका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन्।
केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्न बन्दसत्र अघि स्थायी कमिटी बैठक बसिरहेको छ।
स्थायी कमिटी सकिएलगत्तै बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ ।
आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने माओवादीको तयारी छ।