१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एकै व्यक्तिले उठाए पाँच सिलिण्डर

एकै व्यक्तिले उठाए पाँच सिलिण्डर
अ अ+ अ-

व्यापारी भन्छन्, ‘भनेजति नदिए ग्राहक झगडै गर्न आउँछन्।’

ललितपुर । कोरोना भाइरसका कारण बजारमा ग्याँस तथा इन्धनको अभाव भएको गुनासो आएपछि बजार अनुगमन समितिले ललितपुरमा अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको संयोजकत्वमा लखनखेल र कुमारीपाटीका ग्यास पसलमा अनुगमन गरिएको हो। शुक्रबार गरिएको अनुगमनमा केही व्यापारीको पसलमा ग्यास नभएको पाइएको छ। कुमारीपाटीमा भने ग्याँस भेटियो। व्यापारीले ग्राहकले माग गरेजति ग्याँस नदिए झगडा गर्न आउने भएकाले एकै व्यक्तिले चार, पाँचवटा सिलिन्डर लगेको बताए। सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार व्यापारीले ग्यास लुकाएका छैनन्।

उनले भने, ‘भएजति बाहिर देखाएरै राखेका छन्, स्टोरमा लुकाएको भेटिएन।’ अनुगमन टोली बगलामुखी ग्यास सप्लायर्स, जेआर स्टोर कुमारीपाटी, ओम ग्याँस सप्लायर्स, एस एन्ड जे स्टोर्स, ओमबाबा इन्टरप्राइजेज प्रयागपोखरी लगायतका पसलमा पुगेको हो। अनुगमनमा खटिएकी ललितपुर उद्योग वाणिज्य संघका गीता न्यौपानेले खासै अभाव नदेखिएको बताइन्। कुनै कुनै ठाउँमा ग्यास नपाए पनि अरू ठाउँमा पाइएको उनले जनाइन्। घरेलु कार्यालय ललितपुरका अधिकृत रेवतीरमण ज्ञवालीले ग्यास व्यवसायीले चरम अभाव नभएको बताए।

ललितपुरमा अघिल्लो सातादेखि अनुगमनका सुरु भएको हो। अघिल्लो अनुगमनले औषधि पसलहरू हेरेको थियो। महंगोमा मास्क बेच्ने व्यापारीबाट मास्क जफत गर्नुका साथै चेतावनीसमेत दिएको थियो। घरेलु कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधि अनुगमन समितिमा छन्। अनुगमन निरन्तर चल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अन्नपुर्णपोष्ट दैनिक