१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मुलुकभित्र कोरोना सङ्क्रमण भित्रिन नदिन सुरक्षा व्यवस्थामा कडाइ

मुलुकभित्र कोरोना सङ्क्रमण भित्रिन नदिन सुरक्षा व्यवस्थामा कडाइ
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो । बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताए ।

उनले भने, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ ।” उनले भने, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ” उनले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताए । उनले भने, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ ।” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ ।

मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ । दक्षिणतर्फको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतसँगको नाकामा सुरक्षा सतर्कता व्यवस्थित गर्ने निर्णय गरिएको छ ।

प्रवक्ता डा. खतिवडाले भने, “भारततर्फको नाका नियमन गर्न भारतले पनि खासखास नाकाबाट मात्र आवागमन खोल्ने भनेको छ । नेपालले पनि त्यही नाकाबाट मात्रै आवागमनलाई व्यवस्थित गर्ने गरी गृह र परराष्ट्र मन्त्रालयले सहकार्य गर्ने भन्ने छलफल भएको छ । ” प्रवक्ता डा. खतिवडाका अनुसार बैठकमा क्वारेन्टाइन र आइसोलेटेड वार्ड निर्माण, उपकरण, स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले उपचारमा संलग्न हुन चाहिने पर्सनल प्रोटेक्सनका इक्विपमेन्टहरूको आपूर्ति बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा आवश्यक परेमा तत्कालै संरचना बनाउन सक्नेगरी तयारी गर्ने विषयमा समेत छलफल भएको थियो ।

यस्तै, आवश्यक परेमा मेडिकल कलेज, स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरू, रेडक्रस, स्काउटजस्ता संस्थालाई स्वयंसेवीका रूपमा परिचालन गर्न तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ । संयन्त्रका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक पार्टीका कार्यक्रमका साथै विवाह, भोजभतेरजस्ता कार्यक्रमसमेत स्थगित गर्न आमसमुदायलाई आह्वान गर्ने निर्णय गरेको जनाइएको छ । गोरखापत्र दैनिक