२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते



अ+ अ-

एजेन्सी । भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन् ।

विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ ।

स्थानीय मिडियाका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको बताइए पनि प्रहरीले आधिकारिक बयान दिएको छैन ।

मृतकमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालित गरी घाइतेहरूलाई नजिकका अस्पताल पुगेको छ ।

यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।