![](https://newspolar.com/wp-content/uploads/2022/03/ShareBazar_LRmfiNRtBp.jpg)
काठमाडौंः नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पाँच वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो ।
आइतबार सेन्चुरी बैंक, प्रोग्रेसिभ फाइनान्स, मिर्मिरे लघुवित्त, कालिका पावर र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी पाँचै कम्पनीले पुस १९ गते सोमबार बुक क्लोज गर्दैछन् ।
सेन्चुरी बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
यस्तै, प्रोग्रेसिभ फाइनान्सले पुस ३० गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत वितरण गर्ने प्रस्ताव गर्नेछ ।
त्यसैगरी, पुस २९ गतेका लागि वार्षिक साधारण सभा डाकेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गर्न लागेको छ ।
कालिका पावरले भने पुस ३० गतेका लागि साधारण सभा बोलाएको छ । सभामा कम्पनीको गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारण सभा डाकेको छ र त्यस सभामा कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दैछ ।