२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता दर्ता मंसिर ५ गतेसम्मका लागि बढाइयो, घरमै अनलाइन दर्ता सम्भव



अ+ अ-

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय पाँच दिन थपेर मंसिर ५ गतेसम्म गर्ने निर्णय गरेको छ।

राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकहरूले आयोगको वेबसाइटमार्फतै व्यक्तिगत तथा जैविक विवरण (बायोमेट्रिक) दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। यसरी दर्ता गर्नेहरूले कार्यालयमा जानुपर्ने छैन।

राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिहरूले अनलाइन विवरण भरेर तोकिएको मितिमा नजिकको निर्वाचन कार्यालयमा फोटो तथा औँठाछाप दिई दर्ता पूरा गर्नुपर्नेछ।

निर्वाचन आयोगले नयाँ व्यवस्थाले कार्यालयमा भीड घटाउने, दर्ता छिटो र सहज हुने र सबै नागरिक समयमै मतदाता बन्ने सुनिश्चितता बढाउने अपेक्षा गरेको जनाएको छ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ।