२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेन–जी’ समूहद्वारा प्रधानमन्त्रीलाई जनआन्दोलनसम्बन्धी प्रस्तावित सम्झौतापत्र हस्तान्तरण



अ+ अ-

काठमाडौं । ‘जेन–जी मुभमेन्ट अलायन्स’, ‘काउन्सिल अफ जेन–जी’, सातै प्रदेशका संयोजक तथा ‘जेन–जी फ्रन्ट’का प्रतिनिधिले आज प्रधानमन्त्रीसमक्ष एकीकृत प्रस्तावित सम्झौतापत्र बुझाएका छन्।

उक्त दस्तावेजलाई “जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र” नाम दिइएको छ।

समूहका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै हालसम्मको जनआन्दोलनको माग, त्यसको राजनीतिक तथा सामाजिक प्रभाव, तथा आन्दोलनकारी पक्षले राज्यसँग अपेक्षा गरेका संरचनात्मक परिवर्तनका सुझावहरू औपचारिक रूपमा प्रस्तुत गरेका छन्।

उनीहरुका अनुसार बुझाइएको प्रस्तावित सम्झौतापत्रले आन्दोलनको प्रमुख उद्देश्यहरू, जवाफदेहिताको आवश्यकता, युवापुस्ताको राजनीतिक सहभागिताबारेको दृष्टिकोण र आगामी सहकार्यका खाका समेटेको छ।

प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई तत्काल संवाद प्रक्रियालाई स्थायी आधारमा अघि बढाउन तथा आन्दोलनका कारण उत्पन्न राजनीतिक द्वन्द्व समाधानका लागि सकारात्मक कदम चाल्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले सम्झौतापत्र ग्रहण गर्दै सरकार संवाद तथा सहमतिमार्फत समस्याहरूको समाधान खोज्न इच्छुक रहेको विश्वास दिलाएको स्रोतले जनाएको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/11/CamScanner-14-11-2025-15.15.pdf” title=”CamScanner 14-11-2025 15.15″]