२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेन–जी’ समूहद्वारा प्रधानमन्त्रीलाई जनआन्दोलनसम्बन्धी प्रस्तावित सम्झौतापत्र हस्तान्तरण



अ+ अ-

काठमाडौं । ‘जेन–जी मुभमेन्ट अलायन्स’, ‘काउन्सिल अफ जेन–जी’, सातै प्रदेशका संयोजक तथा ‘जेन–जी फ्रन्ट’का प्रतिनिधिले आज प्रधानमन्त्रीसमक्ष एकीकृत प्रस्तावित सम्झौतापत्र बुझाएका छन्।

उक्त दस्तावेजलाई “जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र” नाम दिइएको छ।

समूहका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै हालसम्मको जनआन्दोलनको माग, त्यसको राजनीतिक तथा सामाजिक प्रभाव, तथा आन्दोलनकारी पक्षले राज्यसँग अपेक्षा गरेका संरचनात्मक परिवर्तनका सुझावहरू औपचारिक रूपमा प्रस्तुत गरेका छन्।

उनीहरुका अनुसार बुझाइएको प्रस्तावित सम्झौतापत्रले आन्दोलनको प्रमुख उद्देश्यहरू, जवाफदेहिताको आवश्यकता, युवापुस्ताको राजनीतिक सहभागिताबारेको दृष्टिकोण र आगामी सहकार्यका खाका समेटेको छ।

प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई तत्काल संवाद प्रक्रियालाई स्थायी आधारमा अघि बढाउन तथा आन्दोलनका कारण उत्पन्न राजनीतिक द्वन्द्व समाधानका लागि सकारात्मक कदम चाल्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले सम्झौतापत्र ग्रहण गर्दै सरकार संवाद तथा सहमतिमार्फत समस्याहरूको समाधान खोज्न इच्छुक रहेको विश्वास दिलाएको स्रोतले जनाएको छ।

CamScanner 14-11-2025 15.15