९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा छाडेका सन्तोषको बाबुराम र जनार्दनसँग सहकार्यको ५ बुँदे सहमति



अ+ अ-

काठमाडौं । आज मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन्।

तीन पक्षबीच आज औपचारिक रूपमा पाँच बुँदे सहमति भएको छ।

सहमति पत्रमा नेसपा–नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानका तर्फबाट सुदन किराती र सन्तोष परियारले हस्ताक्षर गरेका छन्।

सहमतिमा हस्ताक्षर हुने कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि उपस्थित रहेका थिए।

तीन समूहबीचको सहकार्यलाई आगामी राजनीतिक अभियान र संगठन विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।