२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चोक इन्जिनियरिङको मूल्यांकनमा ढिलाइ, १५ करोड भुक्तानी प्रक्रिया अल्झिँदा धुर्मुस समस्यामा



अ+ अ-

चितवन । बिरामी अवस्थामै रहेका निर्माण अभियन्ता एवं हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पुनः दौडधुपमा लाग्न बाध्य भएका छन् ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको मूल्यांकनको आधारमा सिर्जित सम्पत्ति खरिदका लागि केन्द्र सरकारले छुट्याएको १५ करोड रुपैयाँ असार मासैमा भरतपुर महानगरपालिकाको खातामा आए पनि भुक्तानी प्रक्रिया लामो समयदेखि रोकिँदा उनी थप समस्यामा परेका हुन् ।

सरकारले छुट्याएको रकम भुक्तानी गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मूल्यांकन माग्नुपर्ने थियो। तर महानगरले लामो समयसम्म पत्र नकटाएपछि धुर्मुसले आफैँ पहल गर्दै पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान, भरतपुर महानगरपालिका र निर्माण फाउन्डेसनबीच भदौ १६ मा त्रिपक्षीय सम्झौता गराएका थिए।

सम्झौताअनुसार पुल्चोकले कार्तिक ११ गते सम्पत्ति मूल्यांकनको प्रतिवेदन भरतपुरमा बुझाइसकेको थियो।

तर प्रतिवेदन आएपछि पनि प्रक्रिया अघि नबढेपछि धुर्मुसले पुनः चितवन पुगेर भुक्तानीको विषयमा पहल गरेका थिए। त्यस क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृतले अर्थ मन्त्रालयको कार्यनिर्देश आवश्यक पर्ने भन्दै फाइल अघि नबढाएपछि धुर्मुस आफैँ काठमाडौं गएर आवश्यक पत्र झिकेर पुनः महानगरमा बुझाएका थिए।

यद्यपि भुक्तानी प्रक्रिया अझै टुंगिएको छैन। हाल फाइल युवा तथा खेलकुद मन्त्रालयलाई ‘आवश्यक सुझाव’का नाममा पठाइएको छ। बिरामी अवस्थामै रहेका धुर्मुस उक्त पत्र बोकेर आजै चितवनबाट काठमाडौं हिँडिसकेको परिवार स्रोतले बताएको छ।