२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल्चोक इन्जिनियरिङको मूल्यांकनमा ढिलाइ, १५ करोड भुक्तानी प्रक्रिया अल्झिँदा धुर्मुस समस्यामा



अ+ अ-

चितवन । बिरामी अवस्थामै रहेका निर्माण अभियन्ता एवं हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पुनः दौडधुपमा लाग्न बाध्य भएका छन् ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको मूल्यांकनको आधारमा सिर्जित सम्पत्ति खरिदका लागि केन्द्र सरकारले छुट्याएको १५ करोड रुपैयाँ असार मासैमा भरतपुर महानगरपालिकाको खातामा आए पनि भुक्तानी प्रक्रिया लामो समयदेखि रोकिँदा उनी थप समस्यामा परेका हुन् ।

सरकारले छुट्याएको रकम भुक्तानी गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मूल्यांकन माग्नुपर्ने थियो। तर महानगरले लामो समयसम्म पत्र नकटाएपछि धुर्मुसले आफैँ पहल गर्दै पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान, भरतपुर महानगरपालिका र निर्माण फाउन्डेसनबीच भदौ १६ मा त्रिपक्षीय सम्झौता गराएका थिए।

सम्झौताअनुसार पुल्चोकले कार्तिक ११ गते सम्पत्ति मूल्यांकनको प्रतिवेदन भरतपुरमा बुझाइसकेको थियो।

तर प्रतिवेदन आएपछि पनि प्रक्रिया अघि नबढेपछि धुर्मुसले पुनः चितवन पुगेर भुक्तानीको विषयमा पहल गरेका थिए। त्यस क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृतले अर्थ मन्त्रालयको कार्यनिर्देश आवश्यक पर्ने भन्दै फाइल अघि नबढाएपछि धुर्मुस आफैँ काठमाडौं गएर आवश्यक पत्र झिकेर पुनः महानगरमा बुझाएका थिए।

यद्यपि भुक्तानी प्रक्रिया अझै टुंगिएको छैन। हाल फाइल युवा तथा खेलकुद मन्त्रालयलाई ‘आवश्यक सुझाव’का नाममा पठाइएको छ। बिरामी अवस्थामै रहेका धुर्मुस उक्त पत्र बोकेर आजै चितवनबाट काठमाडौं हिँडिसकेको परिवार स्रोतले बताएको छ।