काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।
निर्वाचन आयोगले यसअघि साढे ७ अर्ब रुपैयाँ माग गरेको थियो। तर अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक स्रोत सुनिश्चितता गरिसकेको छ। ‘निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ उनले भने।
उनका अनुसार प्रारम्भिक तयारीका लागि ५ अर्ब रुपैयाँ स्वीकृत भइसकेको छ भने आवश्यकता परे आगामी चरणमा थप बजेट सरकारमार्फत सहजीकरण गरिनेछ।










