१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मेन्द्रको भिडियो लिक गरेको आरोपमा अस्पतालका कर्मचारी पक्राउ



अ+ अ-

एजेन्सी । ब्रीच क्याण्डी अस्पतालमा धर्मेन्द्रको भिडियो बनाएर लीक गर्ने अस्पतालका स्टाफलाई पक्राउ गरिएको छ।

१२ नोभेम्बरमा सामाजिक सञ्जालमा एक भिडियो भाइरल भयो, जसमा धर्मेन्द्र भेन्टिलेटरमा देखिएका थिए र उनका परिवारका सदस्यहरू रोइरहेका थिए।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, गोपनीयता उल्लंघनको आरोपमा भिडियो बनाउने व्यक्तिको खोजी गरिएको थियो। अनुसन्धानपछि थाहा भयो कि भिडियो अस्पतालकै स्टाफले बनाएको रहेछ। प्रहरी प्रशासनले बिहीबार साँझ सो व्यक्तिलाई पक्राउ गरेको हो।

अमिताभ बच्चनको ‘क्रिप्टिक’ पोस्ट

धर्मेन्द्रको मृत्युका हल्ला र अस्पतालको भिडियो लीक प्रकरणपछि अमिताभ बच्चनले शुक्रबार फेसबुकमा लेखे– “एथिक्स जस्तो कुनै चीज नै छैन।”

त्यसैगरी आफ्नो आधिकारिक एक्स खाताबाट उनले लेखे– “नो एथिक्स, कुनै आचार–नीति छैन।” बिग बीले कसैको नाम लिनेनन्, तर उनको यो टिप्पणी धर्मेन्द्रकै प्रसंगसँग जोडेर हेरिएको छ।

असंवेदनशील कवरेजबारे अशोक पण्डितको एसोसिएसनद्वारा शिकायत

इन्डियन फिल्म एन्ड टेलिभिजन डायरेक्टर्स एसोसिएसनका अध्यक्ष अशोक पण्डितले धर्मेन्द्रको स्वास्थ्यबारे गरिएको असंवेदनशील रिपोर्टिङप्रति आपत्ति जनाउँदै औपचारिक उजुरी दर्ता गरेका छन्।

एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–
‘केही पपराजीहरूले श्री धर्मेन्द्रजीको स्वास्थ्यबारे गरेको दखलअन्दाजीपूर्ण र असंवेदनशील रिपोर्टिङको कडा निन्दा गर्छ। उनीहरूको यो लापरवाह व्यवहार अस्वीकार्य र अमानवीय छ। औपचारिक प्रहरी उजुरी दर्ता भइसकेको छ, र यस्तो अभद्रता दोहोरिन नदिन कडा कारबाहीको माग गर्छौँ।”

थुप्रै सेलिब्रेटीहरूको प्रतिक्रिया, गोपनीयता संरक्षणको अपील

करण जौहरले लेखे–
“जब आधारभूत शिष्टाचार र संवेदनशीलता हाम्रो व्यवहारबाट हराएर जान्छ, हामी एक पतनशील समाज बन्दैछौँ भन्ने बुझ्नुपर्छ। कृपया त्यो परिवारलाई एक्लै छोडिदिनुहोस्। उनीहरू पहिले नै धेरै भावनात्मक पीडा झेलिरहेका छन्।

एक जीवित लिजेन्डका लागि पपराजी र मिडियाको यस्तो हल्ला हृदयविदारक छ। यो पत्रकारिता होइन, अपमान हो।”

२ दिनसम्म भेन्टिलेटरमा रहे धर्मेन्द्र

दिग्गज अभिनेता धर्मेन्द्रलाई १२ नोभेम्बरमा ब्रीच क्याण्डी अस्पतालबाट डिस्चार्ज गरिएको हो। उनी दुई दिनसम्म भेन्टिलेटरमा रहे। बिहीबार साँझ डाक्टरहरू उनको घरमै पुगेका थिए। अहिले उनको घरमै उपचार चलिरहेको छ। उनका नजिकका साथी तथा शोले सह–कलाकार अमिताभ बच्चन पनि बिहीबार बिहान भेट्न गएका थिए।

धर्मेन्द्रलाई सास फेर्न गाह्रो भएपछि १० नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो। १२ नोभेम्बरमा उनलाई डिस्चार्ज गरिएको छ।