१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै



अ+ अ-

काठमाडौं । उपचारको लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।

सभापति देउवासँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । देउवा दम्पती आज बेलुकासम्म नेपाल फर्किँने उनले बताए ।

असोज २८ गतेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उपचारको लागि सिंगापुर गएका थिए ।

२४ भदौमा जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी घाईते भएका दम्पती १० कात्तिकमा उपचारका लागि सिंगापुर गएका थिए ।