१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एकला चलो रे…

एकला चलो रे…
अ अ+ अ-

काठमाडौँ । १२ दिनयता बेग्लै चहलपहल देखिएको त्रिवि शिक्षण अस्पतालको माहोल शुक्रबार साँझबाट फेरिएको छ । कारण, प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज ।

शुक्रबार साँझ डिस्चार्ज भएका उनी सोझै बालुवाटार गए। उनलाई बिदा दिइएपछि अस्पताल सुनसान जस्तै बन्यो। उनी छँदा खुला रहने सबै ढोकामा ताला लागे। कोही न कोही भेटिइराख्ने अस्पतालका कार्यकारी निर्देशकको बैठक कोठामा पनि ताल्चा मारियो।

उपचारको नेतृत्व गरेकी प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. सुवास आचार्य प्रधानमन्त्रीसँगै बालुवाटार पुगेका थिए। अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा भने प्रांगणबाटै घरतिर लागे। शाह र आचार्यले बुधबार नै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनलाई राख्ने कोठादेखि भान्छासम्म र क्याबिनेट मिटिङदेखि भेटघाट गर्ने कोठासम्मको सेटअप मिलाएका थिए। प्रधानमन्त्री ओलीलाई बुधबार नै डिस्चार्ज गर्ने तयारी भए पनि अन्तिम समयमा संक्रमणको आशंका भएपछि अस्पताल बसाइ दुई दिन लम्बिएको थियो।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण गरेसँगै उनको रेखदेखको जिम्मा प्रा.डा. आचार्यको नेतृत्वमा डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु, डा. सौरभ प्रधानका साथै लिभर आईसीयूका नर्सको टोलीले सम्हालेको थियो। सफल उपचारपछि प्रधानमन्त्री ओलीलाई बालुवाटार फर्काउन पाउँदा आचार्यको अनुहारमा सन्तुष्टिको भाव देखिन्थ्यो। बालुवाटारबाट फर्किएपछि उनले भने, ‘कुनै पनि आईसीयूमा भएको बिरामी निको भएर घर फर्कियोस् भन्ने हाम्रो आशा हुन्छ। त्यसमा पनि देशको प्रधानमन्त्रीलाई डिस्चार्ज गरेर निवासमा फर्काउन पाउँदा त खुसी लाग्छ नै।’

उनकै नेतृत्वमा शिक्षण अस्पतालमा नेपालमै क्रिटिकल केयर विधाले नयाँ आयाम पाएको छ। क्रिटिकल केयरका विज्ञ भएकाले केही महिनाअघि प्रधानमन्त्री ओलीको एपेन्डेक्टोमी र ल्याप्राक्टोमी गरेका बेला पनि उनले रेखदेख गरेका थिए। ‘अहिलेभन्दा त्यो बेला प्रधानमन्त्रीज्यूको अवस्था निकै गम्भीर थियो। त्यो अचानक आइपरेको अवस्था थियो,’ उनले भने, ‘अहिले त हामीले के गर्ने भनेर पहिले नै छलफल गरेर निर्णय गरिसकेका थियौं।’

प्रधानमन्त्रीको रेखदेखमा खटिँदाको दबाबपछि केही राहतको श्वास फेरेका उनले सामान्य आईसीयूभन्दा एलआईसीयूमा राख्नुपछाडिका कारण पनि बताए। उनका अनुसार प्रधानमन्त्रीलाई अन्य बिरामीभन्दा अलग राखेर उपचार गर्दा नै सहज हुने भएकाले एलआईसीयू चयन भएको थियो। कुनै पनि संक्रमणको जोखिमबाट मुक्त राख्न पनि त्यस्तो निर्णय लिइएको उनले सुनाए। ‘एलआईसीयूमा हेपा फिल्टरदेखि आईसीयूका लागि आवश्यक सबै प्रविधि उपलब्ध छ। त्यहाँ कार्यरत नर्सिङ स्टाफ पनि प्रत्यारोणका बिरामीलाई आवश्यक सेवाबारे तालिम प्राप्त हुनुहुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री नै भएपछि उहाँको सुरक्षा र गोपनीयताको कुरा आउँछ। सबै खुला भएको आईसीयूमा राखेर त त्यस्तो सेवा दिन सकिँदैन नि।’

ओलीले जुन आईसीयूमा १० दिन बिताए, सुरक्षाका हिसाबले त्यहाँ पुग्न अस्पतालकै कार्यकारी निर्देशकलाई पनि मुस्किल थियो। ‘हामीलाई बरु प्रधानमन्त्रीको अगाडि पर्दा त्यति दबाब महसुस हुँदैन थियो, जति बाहिर सहकर्मी तथा मिडियाका साथीलाई फेस गर्दा हुन्थ्यो,’ प्रा।डा। आचार्यले भने, ‘प्रधानमन्त्रीको कुन ल्याब रिपोर्टमा के आयो भनेर सबै अंकमा जान्न चाहन्थे। समग्रमा त्यो ठीक होला तर सबै त बाहिर भन्न मिल्दैन। त्यसैले त्यो सुरक्षा आवश्यक थियो।’

ओलीलाई दुई पटक आईसीयूमा रेखदेख गरेका आचार्यको अनुभवमा पनि प्रधानमन्त्री निकै सजिला बिरामीमा पर्छन्। ‘उहाँको उपचारमा संलग्न रहँदा कहिल्यै दबाब महसुस भएन,’ उनले भने, ‘उहाँ सबैसँग खुलेर बोल्नुहुन्थ्यो। गफ गर्नुहुन्थ्यो।’ संक्रमणमुक्त राखेर डिस्चार्ज गर्ने जिम्मा लिएका उनले एलआईसीयूमा सात दिनसम्म कुनै पनि बाहिरी सूचना प्रधानमन्त्रीलाई दिन बन्देज लगाएका थिए। प्रत्यारोपणको सात दिनपछि मात्रै मनोरन्जन होओस् भनेर दैनिक क्रियाकलापपछि आराम गर्ने समयमा संगीत सुन्न दिएका थिए।

डिस्चार्ज हुनु केही समयअघि मात्रै प्रधानमन्त्रीलाई आइप्याड चलाउन दिइएको थियो। ‘सात दिनपछि संगीत सुन्न दिएका थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले सुन्न रुचाउने गाना नर्सिङ स्टाफले मोबाइलमा बजाइदिन्थे।’ प्रधानमन्त्रीले कस्ता प्रकारका गीत बढी सुन्न रुचाउँथे भन्नेबारे उनले केही बताउन चाहेनन्। यद्यपि उनको उपचारमा संलग्न एक चिकित्सकले भने आफूले प्रधानमन्त्री ओलीले आईसीयूमा रवीन्द्र संगीत सुनिरहेको बेला भेटेको अनौपचारिक कुराकानीमा सुनाएका थिए।

उनका अनुसार ओलीले रवीन्द्रनाथ टैगोरको ‘एकला चलो रे’ बोलको गीत सुनिरहेका थिए। उनले उक्त गीतबारे ती चिकित्सकसँग कुरा पनि गरेका थिए। ‘उहाँलाई एकदमै मन पर्ने गीत रहेछ त्यो,’ ती चिकित्सकले भने।

‘एकला चलो रे’ सुन्दा प्रधानमन्त्रीको मनमा के भाव आउला ? त्यो त उनीसँगको कुराकानीमा स्पष्ट जवाफ पाइएला। तर हाललाई ‘एक्लो’ निर्णय गरेर नेपाली अस्पताल र स्वास्थ्यकर्मीमाथि जुन भरोसा देखाए त्यो तारिफयोग्य छ। उनले देखाएको यो भरोसाले जति चिकित्साकर्मी उत्साहित छन्, त्यो ऊर्जा स्वास्थ्य क्षेत्रमा पनि देखियोस्।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।