५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीलाई एमाले महासचिव पोखरेलको प्रश्न– कुलमानलाई मन्त्रीबाट हटाउनुपर्ने होइन ?



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङलाई किन नहटाउने भन्दै प्रधानमन्त्री सुशीला कार्कीमाथि प्रश्न गरेका छन् ।

महासचिव पोखरेलले घिसिङलाई बर्खास्त गर्नुपर्ने सुझाव अप्रत्यक्षरुपमा दिएका छन् ।

गैरदलीय सरकार भनिएपछि घिसिङले निर्वाचनमा दल दर्ता गरिसकेकाले सरकारमा बस्न नमिल्ने जिकीर उनको छ ।

महासचिव पोखरेलले प्रधानमन्त्री कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?!




भर्खरै