काठमाडौँ। नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छन् । बंगलादेशको ढाकामा भएको खेलमा नेपालले घरेलु टोलीसंग २-२ को बराबरी खेलेको हो ।
खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । २९औँ मिनेटमा रोहित चन्दको गोलमा नेपालले अग्रता बनाएको थियो । तर, ४६औँ मिनेटमा हम्जा चौधरीले गोल गरेपछि बंगलादेश खेलमा फर्किएको थियो ।
हम्जाले उत्कृष्ट ‘एक्रोबेटिक’ गोल गर्दै घरेलु समर्थकमाझ बंगलादेशलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै हम्जाकै गोलमा बंगलादेशले २–१ को अग्रता बनायो । हम्जाले पेनाल्टीमार्फत गोल गरे ।
तर, इन्जुरी समयमा अनन्त तामाङले ‘फिल्क’ गोल गरेपछि नेपाल खेलमा फर्किएको हो ।
नेपालले अब अर्को खेल एएफसी एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।









