१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सेक्सका फाइदा के–के हुन् ? यस्ता छन् फाइदाहरु

सेक्सका फाइदा के–के हुन् ? यस्ता छन् फाइदाहरु
अ अ+ अ-

काठमाडौं । यौन क्रियाकलापमा पुरुषहरूले अलि बढी रुचि राख्ने गरेको देखिन्छ। भनिन्छ– ६० वर्षभन्दा कम उमेरका पुरुषले दिनहुँ कम्तीमा एक पटक यौनबारे सोचेका हुन्छन्। यौन क्रियाकलापले मानिसको तनाव कम गर्छ। क्यान्सर र हृदयाघातको जोखिम घटाउँछ। दम्पतीबीच आत्मीयता बढाई आपसी सम्बन्ध सुमधुर बनाउन मद्दत गर्छ। यौन क्रियाकलापका लागि आवश्यक आपसी निकटताले चिन्ता एवं एकान्तपना हटाई समग्रमा मानसिक स्वास्थ्य राम्रो बनाउँछ।

नियमित यौन क्रियाकलापले भावनात्मक सम्बन्ध बलियो बनाउने हुनाले मुटुको स्वास्थ्य ठीक रहन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। तनाव घटाउँछ। दुखाइ कम गर्छ। मानिसको आयु पनि बढाउँछ। एक अध्ययनअनुसार कहिलेकाहीँ यौन सम्पर्क राख्ने व्यक्तिमा भन्दा हप्तामा कम्तीमा दुई पटक यौन सम्बन्ध राख्ने व्यक्तिमा यौन क्रियाको क्रममा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने डाइहाइड्रोपिएन्ड्रोस्टेरोन नामक हर्मोन उत्पादन बढी हुन्छ। यस हर्मोनले छाला र शारीरिक तन्तु तन्दुरुस्त राख्न मद्दत गरी आयु लम्ब्याउने काम गर्छ। त्यसै गरी, यौन कार्यले रक्तसञ्चार बढाउने, निद्रा राम्रो पार्ने, शरीर तगडा राख्ने, डिप्रेसन घटाउने गर्छ।

बिहानीपख यौन सम्पर्क राखेका व्यक्तिमा दिनभरको तनाव झेल्न सक्ने क्षमता बढी पाइएको छ। सफल यौन कार्यले अफिसलगायत बाह्य वातावरणका कार्यमा उत्पन्न हुने मानसिक तनाव मात्र नभई दम्पतीबीच हल्का ठाकठुक वा झगडालाई पनि ठीक पार्न सक्छ। प्राक्क्रीडाका क्रममा गरिने यौन क्रियाकलापले जस्तोसुकै तनावलाई कम गर्छ। तनाव अर्थात् नैराश्यपूर्ण परिस्थितिमा पार्टनरको मायालु आलिंगन मात्रले पनि औषधिको काम गर्छ।

हप्तामा कम्तीमा एक पटक यौन सम्पर्क राख्दा उत्पादन हुने हर्मोनले मुटु, मस्तिष्कलाई सदैव ताजा अवस्थामा राख्छ। हप्तामा तीन वा सोभन्दा बढी पटक यौन सम्बन्ध राख्ने व्यक्तिमा हृदयाघात एवं मस्तिष्काघातको सम्भावना ५० प्रतिशतले कम हुन्छ। जुनसुकै उमेरको व्यक्तिमा नियमित यौन कार्यले राम्रो अनुभूति दिलाउने इन्डोफिर्न हर्मोनको उत्पादन गराउँछ।

कति पटक यौन सम्पर्क राख्नु स्वास्थ्यको दृष्टिले उत्तम हुन्छ भन्ने सवालमा यति नै पटक भन्ने निश्चित उत्तर छैन। तर, अर्काइभ अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक लेखअनुसार औसतमा मानिसले वर्षमा ५४ पटक अर्थात् मोटामोटी हप्तामा एक पटक यौन सम्बन्ध राख्ने गरेको पाइयो। त्यसो त यौन कार्यले मानिसको शारीरिक हाउभाउमा खासै फरक ल्याउँदैन। त्यसै गरी, शारीरिक वृद्धि र यौन सम्पर्कबीच पनि कुनै सम्बन्ध छैन। तर, यौन क्रियाकलापको परिणाम स्वरूपको गर्भावस्थाले भने महिलाको शारीरिक स्वरूपमा परिवर्तन ल्याउन सक्छ। गर्भवती अवस्थामा स्तनकै मात्र कुरा गर्ने हो भने यसको आकारप्रकार दोब्बर हुन जान्छ।

यौन कार्यले शारीरिक तौल बढाउँदैन। तर, सेक्स हर्मोनको अदलाबदलीले चाहिँ शारीरिक तौलमा प्रभाव पार्न सक्छ। यौन सम्पर्कसँग सेक्स हर्मोन असन्तुलनको कुनै सम्बन्ध छैन। तर, डाइहाइड्रोपिएन्ड्रोस्टेरोनको कमी भयो भने शारीरिक तौल बढ्न सक्छ। यौन क्रियाको क्रममा निस्किने प्रोल्याक्टिन हर्मोनले निद्रा लगाउन मद्दत गर्छ। जनावरमा गरिएको एक परीक्षणबाट प्रोल्याक्टिन र निद्राबीचको सम्बन्ध देखाएको छ। यसै गरी, क्यालिफोर्नियाका एक मनोचिकित्सकका अनुसार प्रोल्याक्टिन हर्मोनले मानिसलाई आराम महसुस गराउँछ र लोलाउन सघाउँछ। त्यसैले सफल यौन कार्यको क्रममा प्राप्त हुने चरमसुखपछि विशेषतः पुरुषमा अधिक निद्रा लाग्नुको कारण यही हो।

अमेरिकाको विल्किस विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार कहिलेकाहीँ यौन सम्पर्क राख्ने व्यक्तिमा भन्दा हप्तामै एक, दुई पटक यौन सम्बन्ध राख्ने व्यक्तिको शरीरमा रोग प्रतिरोधात्मक तत्त्व बढी पाइएको छ। नियमित सेक्सले योनि र योनिमार्ग ओसिलो बनाइराख्न, योनिलगायत स्त्री जननेन्द्रियमा रक्तप्रवाह बढाउन, योनिमार्गको लचकता बढाउन सघाउने हुनाले महिलाका लागि पनि यौन क्रिया राम्रो हो।

यौन गतिविधिमा प्रतिमिनेट कम्तीमा पाँच क्यालोरी खर्च हुन्छ, जुन टीभी हेर्नभन्दा चार क्यालोरीले बढी हो। यौन क्रियाकलापको क्रममा प्राक्क्रीडा अनि यौनका क्रममा मुटुको चाल बढ्ने, अनेक थरीका मांसपेशी प्रयोगमा आउने हुनाले क्यालोरी खर्च हुन मद्दत पुग्छ। यसै गरी, करिब ३० प्रतिशत महिलाले आफ्नो जीवनकालमा पिसाब चुहिने समस्या भोग्छन्। यौन क्रिया एवं चरमसुखको बेला हुने मांसपेशीको संकुचनले पिसाब चुहिने समस्यामा कमी ल्याउन सघाउँछ।

यौन कार्यले इस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनलाई सन्तुलनमा राख्न सघाउँछ। जसले गर्दा हड्डी खिइने र मुटुसम्बन्धी समस्यामा कमी आउँछ। यौन क्रियाको क्रममा प्राप्त हुने चरमसुखले पीडा कम गरिदिन्छ। एक अध्ययनअनुसार यौन क्रियाको क्रममा उत्पादित हर्मोनले पीडा खप्ने क्षमता बढाउँछ। योनि वा भगांकुर चलाई यौन उत्तेजनामा आउँदा जीर्ण खालका तथा जोर्नी दुख्ने समस्यामा कमी आउने गरेको पाइएको छ। त्यसैले पनि होला, कतिपय महिलाले महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या, जोर्नी पीडा र टाउको दुखाइबाट छुटकारा पाउन हस्तमैथुन गर्ने गरेको पाइएको छ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनका अनुसार प्रत्येक महिना कम्तीमा २१ पटक वीर्य स्खलन भएको खण्डमा प्रोस्टेटको क्यान्सरको जोखिम कम हुने रहेछ। वीर्य स्खलन हुने प्रक्रिया यौन सम्पर्क, हस्तमैथुन वा स्वप्नदोष पनि हुन सक्छ। यौन क्रियाकलापका क्रममा हुने स्पर्श तथा आलिंगनले रमाइलो अनुभूति गराउने हर्मोनको उत्पादन बढ्ने हुनाले यौन कार्यले आत्मीयता एवं आत्मविश्वास बढाई मान्छेलाई खुशी दिन्छ।

अनुशासित एवं मर्यादित यौन कार्यले एचआईभीलगायत यौन रोग सर्ने, यौन अपराध, अप्राकृतिक यौन क्रियाकलापजस्ता समस्या हुन दिँदैन। तर, अधिक यौन कार्यले हानि पुर्‍याउन सक्छ। अधिक यौन कार्यले योनिमार्ग तथा पिसाबथैलीको संक्रमण हुन सक्छ। भर्खरै विवाहित दम्पतीमा बढी यौन क्रियाका कारण हुने पिसाबको समस्यालाई ‘हनिमुन सिस्टाइटिस’ भनिन्छ। यौन क्रीडाको बेला बढी घर्षणले योनिमार्ग तथा मलद्वारका ब्याक्टेरियालाई पिसाब थैली एवं माथिल्लो मूत्र प्रणालीमा जान सघाई पिसाबको संक्रमण गराउन सक्छ।, सम्पुर्ण साप्ताहिकबाट