२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एप मार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ।

आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू डिशहोम गो एपमा लाईभ स्ट्रिमिङ हुने डिश मिडिया नेटवर्कले जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस पटकको एनपीएलको ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्कलाई प्रदान गरेको हो। दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले नेपालभित्रका दर्शकका लागि रु. ३००, मध्यपूर्वका दर्शकका लागि रु. ५००, र अन्य देशका दर्शकका लागि १० अमेरिकी डलर शुल्क निर्धारण गरेको छ।

डिशहोम गो एप वा वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ। दोस्रो संस्करणका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।

डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै भुक्तानी गरेर विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्।

कम्पनीका अनुसार, डिशहोम गोको नयाँ संस्करण एप हालै गुगल प्ले स्टोरमा उपलब्ध भएको छ भने आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमै लाइभ हुने तयारी गरिएको छ।

उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामाई सँग प्रविधिक सहकार्य गरेको छ। मोबायोटिक्सले विश्वभर प्रयोग हुने ओटीटी प्रणाली निर्माण गर्ने कम्पनी हो। यसै कम्पनीले तयार पारेको प्लेटफर्ममार्फत आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए।

त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक कम्पनी हो, जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’सँग सहकार्य गर्दै आएको छ। अकामाईले विश्वभरका सर्भरहरू प्रयोग गरेर सामग्रीलाई छिटो, सुरक्षित र भरपर्दो रूपमा प्रयोगकर्तासम्म पु‍र्‍याउने काम गर्छ।

डिशहोमका अनुसार, यी प्रविधिक सहकार्यहरूले एनपीएलका खेलहरूलाई उच्च गुणस्तर र अवरोधरहित रूपमा प्रसारण गर्न मद्दत गर्नेछन्।