२७ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम



अ+ अ-

रियो डे जेनेरो।  ब्राजिलले पछिल्ला चार दशकमा फ्रान्सको क्षेत्रफलभन्दा दोब्बरबढी प्राकृतिक वनस्पति गुमाएको छ ।

प्राकृतिक वनस्पति घट्दा एल निनोका कारण हुने खडेरी, बाढी र डढेलोजस्ता चरम मौसमी घटनाको प्रभाव बढ्न सक्ने बुधबार सार्वजनिक अध्ययनले देखाएको छ ।

जुनमा पुष्टि भएको एल निनो वर्षको अन्त्यतिर थप तीव्र हुने अनुमान गरिएको छ । यसका कारण ब्राजिलका विभिन्न क्षेत्रमा चरम मौसमको जोखिम बढ्ने अपेक्षा गरिएको छ ।

वातावरणीय अनुगमन संस्था म्यापबायोमासले आफ्नो वार्षिक भूमि उपयोगसम्बन्धी अध्ययनमा चार दशकअघि ब्राजिलको कुल भू–भागको ७९ प्रतिशत हिस्सा प्राकृतिक वनस्पतिले ढाकेकोमा अहिले यो घटेर ६५ प्रतिशतमा सीमित भएको जनाएको छ ।

प्राकृतिक वनस्पति विनाशको सबैभन्दा ठूलो प्रभाव अमेजन वर्षावन र जैविक विविधताका लागि महत्वपूर्ण सेराडो सवानामा परेको छ । वन तथा अन्य प्राकृतिक क्षेत्रको ठूलो हिस्सा कृषि र पशुपालनका लागि प्रयोग गरिएको छ ।

अध्ययनअनुसार सन् १९८५ मा ब्राजिलको कुल भू–भागको १८ प्रतिशत हिस्सा कृषि तथा पशुपालनमा प्रयोग भएकामा अहिले यो बढेर ३२ प्रतिशत पुगेको छ ।

म्यापबायोमासको अध्ययनले एल निनोका समयमा प्राकृतिक वनस्पति हटाएर कृषि तथा पशुपालनमा प्रयोग गरिएका क्षेत्रमा मौसमी चरम घटनाको प्रभाव बढी देखिएको जनाएको छ ।

म्यापबायोमासका महासंयोजक टासो अजेभेडोले सन् २०२३–२०२४ को एल निनोका क्रममा अमेजनमा वन फँडानी गरिएका क्षेत्रमा प्राकृतिक वन क्षेत्रको तुलनामा वर्षाको कमी बढी देखिएको बताउनुभयो ।

यसैबीच, ब्राजिलको दक्षिणी घाँसे मैदानमा प्राकृतिक वनस्पति हटाएर कृषि क्षेत्रमा परिणत गरिएका स्थानमा प्राकृतिक वनस्पति रहेको क्षेत्रको तुलनामा बढी वर्षा भएको पाइएको छ ।

दक्षिणी राज्य रियो ग्रान्डे डो सुलले सन् २०२४ मा ठूलो बाढीको सामना गरेको थियो । उक्त बाढीमा करिब २०० जनाको मृत्यु भएको थियो ।

“भूमि उपयोगको ढाँचाले एल निनो आफैँलाई परिवर्तन गर्दैन, तर यसले त्यसको प्रभावलाई परिवर्तन गर्न सक्छ,” अजेभेडोले भन्नुभयो ।

उहाँका अनुसार भूमि उपयोगसम्बन्धी निर्णयले जलवायुजन्य जोखिमको स्तर तथा देशका विभिन्न क्षेत्रमा यस्ता घटनाको प्रभावको तीव्रता निर्धारण गर्न सक्छ ।

अध्ययनले कृषि क्षेत्रमा एल निनोको प्रभाव किन बढी देखिन्छ भन्ने विषयमा स्पष्ट निष्कर्ष नदिए पनि अमेजनमा वन विनाशले वाष्पीकरण र स्थानीय वायुमण्डलमा आद्र्रता घटाउने, तापक्रम बढाउने तथा वर्षा कम गर्ने सम्भावना रहेको अजेभेडोले बताउनुभयो ।

गत महिना ब्राजिल सरकारले यस वर्ष ‘अत्यन्त शक्तिशाली एल निनो’को सम्भावना रहेको चेतावनी दिएको थियो । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम औसतभन्दा करिब दुई डिग्री सेल्सियससम्म बढी हुन सक्ने अनुमान गरिएको छ ।

समुद्री सतहको तापक्रममा हुने यस्तो वृद्धि विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचामा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने विज्ञले बताएका छन् ।

ब्राजिलियन कृषि तथा पशुधन महासङ्घ (सीएनए)ले पनि शक्तिशाली एल निनोका कारण कफी, सोयाबिन र उखुजस्ता प्रमुख कृषि बाली प्रभावित हुन सक्ने चेतावनी दिएको छ । रासस




भर्खरै