२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठकमा किन भयो होहल्ला ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक बिहीबार केही समयका लागि होहल्लामय बनेको छ। सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहोर्‍याएर बोल्ने मौका दिँदा बैठकमा सहभागी सदस्यहरूबीच विवाद उत्पन्न भएको हो।

सहमहामन्त्री उमाकान्त चौधरीपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मन्सुरलाई बोल्न अनुमति दिएका थिए। मन्सुर बोल्न लागेपछि केही सदस्यहरूले विरोध जनाउँदै होहल्ला गरेका थिए।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार मन्सुरले यसअघि १९ कात्तिकमा बसेको कार्यसमिति बैठकमा नै आफ्नो धारणा राखिसकेका थिए। त्यही कारण दोहोर्‍याएर बोल्न दिनु उचित नहुने भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका थिए।

१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका मन्सुर हाल महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएका एजेन्डाहरूको समर्थन गर्दै आएका छन्। बिहीबार पनि उनले सोही एजेन्डामा समर्थन गर्न लागेका हुन् भन्ने बुझिएपछि संस्थापन पक्षका नेताहरूले आपत्ति जनाएका थिए।

तर होहल्लाबीच पनि मन्सुरले आफ्नो धारणा राखे। पार्टीभित्र देखिएको वर्तमान संकट समाधानका लागि विशेष महाधिवेशनबाहेक अन्य विकल्प नभएको उनले बताए ।