४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन
अ+ अ-

धरान । सङ्खुवासभाको पहाडी गाउँमा २०४१ सालमा जन्मिनु भएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राई देश र समाजमा न्याय, पारदर्शिता र उत्तरदायी नेतृत्वको खोजीमा निस्किएका आम नागरिकमध्ये एक हुनुहुन्थ्यो ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’को दोस्रो दिन उहाँ भक्तपुरको ठिमीस्थित सानो मैदानमा प्रहरीको गोली लागेर ढल्नुभयो । देश परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिनुभएका साजनले त्यसैदिन ज्यान गुमाउनुभयो । अहिले उहाँका दुई नाबालक छोराले बाबु र आमा दुवै गुमाएर संसारमै एक्लिन पुगेका छन् ।

साजन केही वर्षदेखि भक्तपुर ठिमीमा ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनु भएका एक मजदूर हुनुहुन्छ, करिब दुई वर्षअघि श्रीमतीको निधन भएपछि उहाँ आफ्ना दुई छोरासहित भाडाको सानो कोठामा बस्दै मजदूरी गरेर जीवन चलाउँदै आउनुभएको थियो । “काकाको आर्थिक अवस्था कमजोर थियो”, उहाँका भतिज भरत राई सम्झिनुहुन्छ तर उहाँ सधैँ देशमा भएको भ्रष्टाचार र अन्यायप्रति आक्रोशित रहनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्योे, “यी भ्रष्ट्रले देश बिगारे, मेरो जीवन त यतिकै बित्नेभयो, तर छोराहरूको भविष्य के होला रु”

त्यो आक्रोशले नै साजनलाई जेनजी आन्दोलनतर्फ तानेको थियो । पहिलो दिन उहाँ आन्दोलनमा जानु भएन तर पहिलो दिन प्रहरीको गोली र दमनको दृश्य देखेपछि काका निकै रिसाएर आवेशमा आउनुभएको थियो, भरतले भन्नुभयो, “भोलि म पनि जान्छु भनेर निर्णय गर्नुभयो ।” काका साजनले भन्नुभएको थियो, “हामी सर्वसाधारणका छोराछोरीमाथि गोली हान्ने रु” उहाँलाई ‘जेनजी’ के हो भन्ने पनि राम्ररी थाहा थिएन, तर ‘भ्रष्टाचारविरुद्धको आन्दोलन’ भनेर सुनेपछि उहाँ पनि सहभागी हुनुभएको थियो ।

भदौ २४ गते बिहान साजन र भरत दुवै आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँहरू पेप्सीकोलाबाट बानेश्वरसम्मको शान्तिपूर्ण जुलुसमा जोडिनुभयो, हामी एक डेढ सय जना थियौँ । कोही चिनेजानेका, कोही अपरिचित । सबैको उद्देश्य एउटै शान्तिपूर्ण रूपमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने । भरतले भन्नुभयो, “तर, दिन ढल्दै जाँदा प्रदर्शन नियन्त्रणभन्दा बाहिर गयो । प्रहरीले अश्रुग्यास र गोली चलायो, केही समूहले ढुङ्गा हाने र तोडफोड सुरु भयो । हामीले बारम्बार भन्यौँ, ‘ढुङ्गा नहानौँ, तोडफोड नगरौँ’ तर केही अराजक समूहले आन्दोलनलाई गलत दिशातिर धकेल्यो ।”

साजनको ठिमीको मैदानमा अन्तिम सास

त्यसै भिडभाडबीच साँझ करिब ५ः३० बजे ठिमीको सानो फिल्डमा प्रहरीले गोली चलायो । गोली सिधै साजनको छातीमा लाग्यो । हामीले थाहा पाउँदा काका ढलिसक्नुभएको थियो, भरतले भन्नुभयो, “साथीहरूले तुरुन्तै उहाँलाई केएमसी अस्पताल लगेका रहेछन्, तर हामी त्यहाँ पुग्दा डाक्टरले मृत घोषणा गर्नुभयो ।”

त्यस क्षण साजनका दुई साना छोराले सायद बुझ्न पनि सकेनन् कि उहाँहरुका बाबा अब कहिल्यै फर्किने छैनन् । छोराहरु १२ वर्षका एक्जन र छ वर्षका जिमी राई अहिले टुहुरो बनेका छन् । काकी दुई वर्षअघि बित्नुभयो, अहिले काका पनि रहनुभएन, उहाँका भतिज भरत भन्नुहुन्छ “अब ती दुई बच्चाको भविष्य कसरी सुरक्षित हुने भन्ने चिन्ता हामी सबैलाई छ ।”

साजन मेवाहाङ पहिले ड्राइभरका रूपमा काम गर्नुहुन्थ्यो, उमेर बढ्दै जाँदा उहाँले ड्राइभर काम छाडेर घर बनाउने, पर्खाल लगाउने, सिमेन्ट घोट्ने काम गर्दै दुई छोराको हेरचाह गर्नुहुन्थ्यो, कठिन जीवनबीच पनि देश र समाजप्रतिको माया कहिल्यै घटेन, उहाँ सधैँ भन्नुहुन्थ्यो, हाम्रो पुस्ताको जिन्दगी त अब यसै सकियो तर अबका बालबालिकाले पनि अन्याय सहनु नपरोस् । भरतले सम्झनुहुन्छ, उहाँको यही सोच र असन्तोषले उहाँलाई आन्दोलनको बाटोमा पु¥यायो, जहाँ उहाँले अन्तत ज्यान नै गुमाउनुभयो ।

साजनको मृत्युले परिवार मात्र होइन, समुदाय नै स्तब्ध बनाएको छ । धरानका आफन्त अझै विश्वास गर्न सकिरहेका छैनन् कि सधैँ आशावादी र देशप्रेमी साजन अब हुनुहुन्न । भतिज भरत भन्नुहुन्छ, “उहाँ कहिल्यै आक्रामक हुनुहुन्थेन सिधा सरल मान्छे । तर, अन्याय र असमानता देख्दा आवाज उठाउनुहुन्थ्यो, यही आवाजले अन्ततः उहाँलाई सधैंँका लागि चुप पारिदियो ।”

जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा ल्याई अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५, आपँटार चौरमा टिन र काठले बनाइएको सानो घर छ । त्यही घरमा उहाँका दुई नाबालक छोरा दाइ, नइन्द्रकुमार राई र भाउजू उत्तरकुमारी राईसँग बसिरहेका छन् । दाइ, भाउजू दुवै दैनिक ज्याला मजदूरी गर्दै आफ्नो परिवारको गुजारा चलाउँदै आउनु भएको छ अब थप साजनका दुई छोराको पालनपोषणको जिम्मेवारी पनि उहाँहरूको काँधमा आएको छ ।

साजनको असामयिक निधनले परिवार मात्र होइन, उहाँका बालकको भविष्यमा पनि गहिरो चुनौती थपेको छ । दाइ नइन्द्रकुमार भन्नुहुन्छ, “हाम्रो आफ्नै छोराछोरी हेर्न गाह्रो छ, अब भाइका दुई छोराको भविष्य कसरी बनाउने भन्ने पिर मनमा छ । हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । परिवारको लालनपोषण आफैँ गाह्रो छ, अब थप दुई बालकको जिम्मेवारी पनि हामीमाथि आएको छ । हामीले पनि बाबाआमाको माया पाउन सकेनौं । त्यसैले जीवनभर सङ्घर्षमै बिताएका हौँ । अब यी बच्चाको भविष्य सुनिश्चित गर्नु हाम्रो लागि सजिला भने छैन ।”

साजनका दुई छोरामध्ये अहिले एक्जन राई जेठा छोरा कक्षा ७ र जिमी राई कान्छा छोरा कक्षा १ मा पढिरहनु भएको दाइ नइन्द्रले बताउनुभयो । छोराका बारेमा नसोची साजनले राष्ट्रका लागि आफ्नो प्राण नै आहूति दिनुभयो, मुलुकको आमूल परिवर्तनको क्रममा उहाँले वीरगति प्राप्त गर्नुभयो तर उहाँका बालकहरूको भविष्य अझै अन्योलमा छ । “नानीहरूको लागि थोरैथोरै सहयोग जुटिरहेको छ, तर सहयोगले मात्र दीर्घकालीन सुरक्षा दिन सक्दैन”, उहाँले भन्नुभयो,

साजनको भाउजू उत्तरकुमारी भन्नुहुन्छ, “कम्तीमा नानीहरूको भविष्य सरकारले सुनिश्चित गर्नुपर्छ । हाम्रो आर्थिक अवस्था कमजोर छ । त्यसैले पढाइ, स्वास्थ्य र आधारभूत आवश्यकता सरकारले सुनिश्चित गर्नुपर्छ । नानीहरूलाई हेरेर रुन आउँछ, तर अब न्याय र सहारा कोसँग कहाँबाट पाउने रु दुई छोरा हुर्काएर केही दिन शान्ति पाउने हो कि भनेर साजन भाइ मजदूरीमा लागेका थिए, तर उसलाई भाग्यले साथ दिएन ।”

साजनको मृत्युसँगै उहाँका बालकहरूको भविष्य अझै अनिश्चित छ । दाइ, भाउजू परिवारको सीमित साधन र दैनिक सङ्घर्षबीच बालकको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता सुनिश्चित गरिरहनु भएको छ । साजनको बलिदानले राष्ट्र र समाजका लागि अर्थ राखे पनि व्यक्तिगत र पारिवारिक क्षति गहिरो रहेको छ । जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाउनु भएको साजन मेवाहाङको शवलाई धरानमा ल्याएर सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय संस्कारअनुसार उहाँको अन्त्येष्टी गरिएको हो ।

साजनको शव एक हप्तापछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगर ल्याइयो र त्यहाँबाट बाहनमार्फत धरान पु¥याइयो । सम्मानका लागि इटहरीबाट नेपाली सेनाको टोलीसमेत धरानमा पुगेको थियो । भानुचोकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ९साम्पाङ०ले राष्ट्रिय झण्डा ओढाएर साजन मेवाहाङलाई सम्मान गर्नुभयो । श्रद्धाञ्जलि कार्यक्रम सकेर स्वर्गीय साजनको शवलाई जङ्गलमा लगेर पारम्परिक मुन्दुमअनुसार खाल्डो खनेर गाडिएको थियो ।

साजनको जीवन र मृत्युले स्पष्ट सन्देश दिएको छ सामाजिक परिवर्तन र भ्रष्टाचारविरुद्धको आवाज उठाउनु साधारण नागरिकको लागि चुनौतीपूर्ण र कहिलेकाहीँ जोखिमपूर्णकार्य हो । साधारण जीवनयापन गर्ने मजदूर भए पनि उहाँ देशको भविष्यप्रति सचेत र सक्रिय नागरिक हुनुहुन्थ्यो, सामान्य परिवारमा जन्मिनु भएका उहाँ जीवनभर सङ्घर्षमै बिताउनु भएका राईले आफ्ना बालकको भविष्य सुनिश्चित गर्न सक्ने अवस्था थिएन, तर राष्ट्र र समाजको सुधारका लागि सडकमा निस्किनुभएको थियो । यही बलिदानले नागरिक चेतना र युवाहरूको सक्रियता उजागरसमेत गरेको छ ।

साजनका छोरा बाबाको सपना, देशप्रतिको प्रतिबद्धता र बलिदान छोराका लागि प्रेरणा बन्न सक्छ । आर्थिक र सामाजिक सहयोगको अभावमा बालकको भविष्य अन्योलमा छ । दाइ, भाउजूको सीमित स्रोतले मात्र यो जिम्मेवारी पूरा गर्न कठिनाइ छ । यही परिस्थितिले राज्य र समाजप्रतिको जिम्मेवारी आवश्यक छ । साजनको बलिदानले राष्ट्रको भविष्यमा परिवर्तनको आवश्यकता मात्र देखाएन, व्यक्तिगत र पारिवारिक मूल्य, सामाजिक उत्तरदायित्व र आम नागरिकको सङ्घर्षसमेत उजागर गरेको छ ।

साजनको कथा समाजलाई सम्झाउँछ कि परिवर्तनका लागि सडकमा निस्किने साहसका बाबजुद पनि व्यक्तिगत पीडा र परिवारको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ । उहाँका छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्नु अहिले सम्पूर्ण समाज र राज्यको दायित्व बनेको छ । रासस