१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

त्रासबाट बाहिरिँदै अर्थतन्त्र

त्रासबाट बाहिरिँदै अर्थतन्त्र
अ अ+ अ-

काठमाडौं । गत बुधबार ७४ अंकको ‘बाउन्सब्याक’मा उफ्रिएको नेपाली सेयर बजारले बिहीबार पुनः ४६ अंकको कमी व्यहोर्यो। पछिल्लो पटक १६३२ अंक पुगेर झरेपछिको सबैभन्दा लामो फड्कोले बजारलाई नयाँ उचाइतिर डोर्याउन सकेन। बरु २ सय ५५ अंकको गिरावटलाई पछ्याउने दिशा समात्न पुग्यो। चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रभावित विश्व अर्थतन्त्रकै लयमा नेपाली बजारमा पनि त्रासको बादल उठेको छ। यहीबीच नेपालले आफ्नो मुद्राको ऐतिहासिक अवमूल्यन सहनु पर्यो। गत शुक्रबार एकै दिन नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा ९२ पैसा अवमूल्यन भयो।

फलस्वरुप राष्ट्र बैंकले तोक्ने सन्दर्भ मूल्य नै १ सय १९ रुपैयाँ ४ पैसाको कीर्तिमानी विन्दुमा पुग्यो। यो ७६ वर्षअघि भएको ब्रेटनउड्स सम्झौता यताकै सबैभन्दा महँगो मूल्य हो। यो सम्झौताले विस्वभरको मुद्रा विनिमय प्रणाली पहिलोपटक स्थापित गरेको थियो। कारोनाको उद्गम भूमि चीनमा अर्थतन्त्र सुधारको लयमा फर्किएको छ। अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले पनि अहिलेको अवस्था आर्थिक संकट नभइ अल्पकालीन प्रकोपमात्र भएको भन्दै लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन्।

त्यही अमेरिकी डलरको सटही दर आइतबारका लागि भने १ सय १८ रुपैयाँ ५८ पैसामा झरेको छ। विश्वका प्रमुख ६ मुद्राको समूह (मुद्रा डालो)को तुलनामा अमेरिकी डलर महँगिने क्रम जारी रहे पनि तेलको भाउमा आएको गिरावटले भारतीय रुपैयाँ बलियो हुने अपेक्षा छ। यसले भारतीय बजारमा ‘ग्रिनब्याक’ कमजोर हुँदा नेपाली मुद्रालाई पनि लाभ पुग्छ। भारुको अंकुशमा नेपाली मुद्रालाई पनि बाँधिएको छ जसलाई अर्थशास्त्रीय भाषामा ‘स्थिर विनिममय दर’ भन्ने गरिन्छ।भारत संसारका प्रमुख पेट्रोलियम खपतकर्तामध्येको एक हो।

चीन र भारतले पेट्रोलियम पदार्थको माग घटबढ गरिदिँदा पश्चिम एसिया, रुस र अमेरिकाजस्ता विशाल अर्थतन्त्रलाई प्रभावित पार्न सक्छन्। अहिले अन्तर्राष्ट्रिय बजारमा कोरोना चपेटासँगै पेट्रोलियम पदार्थको ‘मूल्य युद्ध’ सिर्जना भएपछि भारतीय अर्थतन्त्रले त्यसबाट ठूलो लाभ लिनसक्ने आँकलन भएको छ। भारतको अर्बौं डलरको चालु खाता घाटा कम गर्न सस्तिँदो पेट्रोलियमले सहयोग गर्नेछ। त्यसकै बलमा भारु अन्य विदेशी मुद्रासँगको सटही दरमा आफ्नो बार्गेनिङ क्षमता बढाउने र अधिमूल्यन हुने अपेक्षा गरिएको छ।

पछिल्लोपटक रुसले कच्चा तेल उत्पादन घटाउन सहमति नदिएपछि विश्व बजारमा पेट्रोलियमको भाउ सस्तिएको छ। २३ पुसमा प्रतिब्यारेल ७०.२५ डलर पुगेको कच्चा तेल (ब्रेन्ट)को भाउ २६ फागुनमा ३१.०२ डलरसम्म झर्यो। सन् २०१६ को जनवरीमा कच्चा तेलको भाउ प्रतिब्यारेल २० डलरभन्दा तल आएको थियो। त्यसबेला साउदी अरेबियाले उत्पादन कटौती गर्न नमानेको, इरानसँग रिसिबी साँध्न खोजेको र सुस्ताउँदो अर्थतन्त्रका कारण चीनले लगातार आफ्नो मुद्रा अवमूल्यन गरेर मुद्रा युद्धलाई प्रोत्साहित गरेको पश्चिमा मिडियाले उल्लेख गरेका थिए।

यही परिदृश्यमा तेलको भाउ प्रति ब्यारेल १० डलरसम्म खस्कनसक्ने अनुमान भए पनि त्यो स्तरमा भने झरेन। मासिक औसत मूल्यको आधारमा हेर्ने हो भने चाँहि अहिले तेलको भाउ सन् २००३ को डिसेम्बर यताकै न्यून विन्दुमा झरेको छ। यही कारण भारतले शुक्रबारमात्रै पेट्रोलियममा सडक पूर्वाधार केन्द्रित विशेष अन्तःशुल्क बढाएको छ। कच्चा तेलमा सृजना भएको नयाँ भूराजनीतिक शक्ति संघर्षलाई छाड्ने हो भने चाहिँ कोरोनाको बढ्दो त्रासबाट मानिस मुक्त हुँदै गएको भान हुन्छ। शुक्रबार अधिकांश पश्चिमा सेयर बजारले ‘बाउन्सब्याक’ गरेका छन्। भारी मात्रामा घटेका अमेरिकी सेयर बजार सूचक ९ प्रतिशतभन्दा धेरै बढेका छन्।

युरोपेली प्रमुख सेयर सूचकमा पनि ‘हरियाली’ छहाएको छ। भारतबाहेकका एसियाली प्रमुख सेयर बजार भने अझै ओरालो लाग्दै छन्। कोरोना त्रासले चुलिएको क्रिप्टोकरेन्सी बजार पनि शुक्रबार ओरालो लागेको छ। उता, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ भने भारी मात्रामा घटेको छ। १६ सय ७४ दशमलव ५ डलरसम्म पुगेको स्पट गोल्डको भाउ शुक्रबार साढे तीन महिनायताकै सस्तो भएर प्रतिऔंस १५ सय ७ अमेरिकी डलरसम्म झरेको छ। यसको असर नेपाली बजारमा पनि परेको छ। शुक्रबारै नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ३ हजार रुपैयाँ सस्तिएको थियो। २७ फागुनमा ८२ हजार ७ सय पुगेको सुन त्यसयता ४ हजार २ सय सस्तिसकेको छ। अन्नपुर्णपोष्ट दैनिक