एजेन्सी । अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) ले बुधवार राति सिनेटद्वारा अनुमोदित अस्थायी खर्च प्याकेजलाई बहुमतले पारित गरेको छ ।
यो निर्णयले अमेरिकी इतिहासमा सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) को अन्त्य गरेको छ । जसले ३५ दिनसम्म संघीय सरकारका धेरैजसो कार्यालयहरू ठप्प पारेको थियो । यो गतिरोध कंग्रेसभित्र रिपब्लिकन र डेमोक्र्याटहरूबीचको तिब्र मतभेदका कारण उत्पन्न भएको थियो । विशेष गरी सीमा सुरक्षा, आप्रवासन नीति र स्वास्थ्य सेवा बजेटलाई लिएर यसको विवाद चुलिएको थियो ।
कंग्रेसले नयाँ वित्तीय वर्षको बजेट पारित गर्न असफल भएसँगै सरकारी बन्द गत अक्टोबर ९ तारिखबाट शुरु भएको थियो । रिपब्लिकनहरूले मेक्सिको सीमामा पर्खाल निर्माणका लागि थप ५ अर्ब डलर माग गरेका थिए । जसलाई डेमोक्र्याटहरूले अस्वीकार गरे ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो मागलाई आफ्नो प्रमुख प्राथमिकताको रूपमा अघि सारेका थिए । परिणामस्वरूप करिव ८ लाख संघीय कर्मचारीहरू तलबविहीन बने । राष्ट्रिय पार्कहरू बन्द भए । हवाई उड्डयन सुरक्षा प्रभावित भयो र अर्थतन्त्रमा दैनिक १ अर्ब डलरभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।










