१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

किन हटाइए उपत्यकाबाट ५७ घुमुवा प्रहरी ?

किन हटाइए उपत्यकाबाट ५७ घुमुवा प्रहरी ?
अ अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसरले उपत्यकामा रहेका सबै घुमुवा प्रहरीलाई हटाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा लामो समयदेखि सादा पोसाकमा कार्यरत १७ अधिकृत र ५७ जवानसहित ७४ जनालाई सो जिम्मेवारीबाट हटाइएको हो । उनीहरूले उल्लेखनीय कार्य गर्न नसकेका कारण सादा पोसाकको जिम्मेवारीबाट हटाई २ नम्बर प्रहरी गण महाराजगञ्जमा सरुवा गरिएको छ । महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेलले घुमुवाविरुद्ध उजुरी परेपछि सरुवा गरिएको जानकारी दिए ।

आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत सञ्चालन गरिने पनि भएको छ । उनीहरूलाई अब घुमुवालाई अपराध अनुसन्धान र नियन्त्रण प्रयोजनका लागि मात्रै खटाइने पोखरेलले बताए । उनका अनुसार प्रहरीको आचरण, व्यवहार सुधारका लागि ७ दिने तालिम सुरु गर्न लागिएको पनि जानकारी दिए । ‘इन्टेलिजेन्ट ग्रुप’मा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारीभित्र रहेर परिणाममुखी कार्यको हरेक महिना मूल्यांकन हुने परिपाटीको थालनी गरिने डीआईजी पोखरेलले बताए ।

साथै अव सादा पोसाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतःप्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने छन् । सौर्य दैनिक