१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रमुखविरुद्ध उपप्रमुखको रिट खारेज

प्रमुखविरुद्ध उपप्रमुखको रिट खारेज
अ अ+ अ-

मुगु । छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालिकाबाट आफनो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजलाश जुम्लामा दर्ता गराएको मुद्दाको अन्तरिम आदेश खारेज भएको छ । गएको फागुन १८ गते उच्च अदालत सुर्खेत इजलाश जुम्लामा उपप्रमुखको अधिकार नगरपालिकाले खोसेको भन्दै रोकायाले नगरप्रमुख र नगरपालिकालाई विपक्षी बनाई मुद्दा दर्ता गराएकी थिएन् । उच्च अदालतले बुधबार विपक्षी नगरप्रमुख हरिजंग शाही र नगरपालिकालाई प्रमाणसहित उपस्थित हुन र दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

बुधबार विपक्ष उपप्रमुख सुन्तला रोकायाका पक्षमा अधिवक्ता मोहन विक्रम अर्थाल र मिन बहादुर महत र प्रमुख हरिजंग शाही र नगरपालिकाका तर्फबाट अधिवक्ता कुवेरजंग शाहीले बहस गरेका थिए । दुवै पक्षका अधिवक्ताको बहस र प्रमाणहरू हेरी सकेपछि बुधबारै वरिष्ठ न्यायाधीश रत्न बहादुर बाग्चन र न्यायाधीश राकेशकुमार निधीको संयुक्त इजलासबाट गत १८ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहनु परेन भन्दै उक्त आदेश खारेज गरेको हो । यस्तै वडा–९ का वडा अध्यक्ष मणिचन्द रोकायाले छायाँनाथ रारा नगरपालिकाले सूचना गरी प्रक्रियामा अघि बढाएको नगर प्रहरीको भर्ना प्रक्रिया रोकी पाउँ भन्दै अदालतबाट जारी गराएको अन्तरिम आदेश पनि खारेज भएको छ ।

उच्च अदालतले दुबै अन्तरिम आदेश खारेज गरेसँगै नगरपालिकाको रोकीएका योजनाहरूको भुक्तानी र नगरप्रहरी छनौटको प्रक्रिया सुचारु गर्ने बाटो खुला भएको छ । छायानाथ रारा नगरपालीका भित्र रहेका योजनाको आर्थिक बर्ष २०७४ साल देखि हालसम्मका योजनाको अनुगमन गर्ने जिम्मा नगर उप्रमुखका भए पनि नगरप्रमुखले अधिकार खोसी छायानाथ रारा नगरपालिका–१३ का वडाअध्यक्ष चक्र बहादुर सावतको संयोजकत्वमा योजना अनुगमन समिति बनाई योजनाहरूको भुक्तानी दिने गरेको आरोप लगाउँदै आफू अदालतमा पुगेको उपप्रमुख रोकायाले बताइन् ।

यता नगरप्रमुख हरिजंग शाहीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपप्रमुखलाई दिइएको अधिकार कसैले नखोसेको बरू उनलेनै आप्mनो अधिकार प्रयोग गर्न नसक्दा सयौँ योजनाको भुक्तानी लामो समयसम्म रोकिँदा जनताको रोजी रोटीमा असर पर्दै गएपछि गत पुस २८ गते बसेको कार्यपालिका बैठकले उपप्रमुखबाहेक अन्य ४ जना सदस्यहरूले अनुगमन गरी प्रतिवेदन दिएका योजनाको भुक्तानी दिने निर्णय गरेको हो ।

‘संयोजक पद खोसिएको छैन, उहाँलाई पटक पटक अनुगमन गरेर प्रतिवेदन पेश गर्न पत्रचार र मौखिक निर्देशन दिँदा पनि अनुगमन नगरेपछि जनतालाई सास्ती नहोस भनेर बाध्य भएर बहुमत अनुगमन तथा सुपरिवेक्षण समितिका सदस्यहरूको प्रतिवेदनका आधारमा भुक्तानी दिने निर्णय गरेका थियौँ’ प्रमुखले भने । सौर्य दैनिक