१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाली वैज्ञानिकलाई मिल्यो नयाँ सफलता…

नेपाली वैज्ञानिकलाई मिल्यो नयाँ सफलता…
अ अ+ अ-

काठमाडौँ । मस्तिष्कमा हुने विभिन्न रासायनिक तत्वहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू एक प्रकारको ‘पागलपन वा बहुलाहापन’ हो भनेर बुझ्छन्, जसका आधारमा अन्धविश्वासपूर्ण उपचारपद्धति र बिरामीलाई हेलाँ गर्ने चलन नेपाली समाजमा छ । नेपाली चिकित्सक सहितको एक टोलीले स्किजोफ्रेनियामध्ये दोस्रो प्रकारको बिमारीको पत्ता लगाएका छन् । अमेरिकाको प्रतिष्ठित पेन्सल्भेनिया विश्वविद्यालयस्थित रेडियोलोजी विभागका नेपाली वैज्ञानिक डा. गणेश चन्दसहित अमेरिकाका अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताले दोस्रो प्रकारको स्बिजोफ्रेनिया पत्ता लगाएका हुन् ।

यो स्किजोफ्रेनिया अनुसन्धानको इतिहासमा पहिलो र ठूलो उपलब्धि मानिएको छ किनभने विगतका अनुसन्धानहरूले सबै स्किजोफ्रेनिया बिरामीहरूलाई एकल प्रकारमा राख्थे र उपचारहरू असफल रहेका छन् । मानव मस्तिष्क सम्बन्धित विश्वको प्रसिद्ध ब्रेन जर्नलमा प्रकाशित नयाँ यस आविष्कारका बारेमा आलेखअनुसार अनुसन्धानकर्ताहरूले एमआरआई र मेसिनबाट सिकाइका विधिहरू प्रयोग गरेका थिए । डा. गणेश चन्दका अनुसार अध्ययनले स्किजोफ्रेनिया बिरामीहरूमा दुई अलग प्रकारका मस्तिष्क परिवर्तनहरू भेटिएको थियो । पहिलो प्रकारका बिरामीहरूमा मस्तिष्कको खैरो पदार्थ र सेतो पदार्थको मात्रामा कमी थियो ।

दोस्रो प्रकारका बिरामीमा बेसल ग्याङ्ग्लिया र आन्तरिक क्याप्सुल मस्तिष्क खण्डहरू बढेको अवस्था पाइएको थियो । यस प्रकारमा बिरामीहरूको बाँकी मस्तिष्क संरचनाहरू स्वस्थ मानिसहरूको जस्तै पाइएको थियो । दुई प्रकारका बिमारीमा उमेर, लिङ्क, बिमारी अवधि, एन्टिसाइकोटिक औषधि डोज वा प्रकार, बिरामी सुरु भएको उमेर, सकारात्मक लक्षण र नकारात्मक लक्षणहरू फरक भेटिएनन् । यस अध्ययनमा तीन सय चौसठ्ठी स्वस्थ मानिस र तीन सय सात स्किजोफ्रेनिया बिरामीहरू सहभागी गराइएको थियो ।

विगतका अनुसन्धानहरूले सबै स्किजोफ्रेनिया बिरामीहरूलाई एकल प्रकारमा राख्थे जुन पहिलो प्रकार थियो । दोस्रो प्रकारको स्किजोफ्रेनिया बिरामीहरूको मस्तिष्क परिवर्तन अनुसन्धानकर्मीकै लागि ठूलो आश्चर्यको विषय बनेको डा. चन्द बताउछन् । अध्ययनमा सहभागी २८ अनुसन्धानकर्मीमध्ये नेपाली वैज्ञानिक डा. गणेश चन्द प्रमुख अनुसन्धानकर्ता हुन् । यस अध्ययनमा पेन्सिलभेनिया विश्वविद्यालयका प्राध्यापक डा. क्रिस्टोस दाभत्जिकोस नेतृत्वमा रहेको एक महìवपूर्ण हिस्सा थियो ।

जसमा संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, संयुक्त राज्य, नेदरल्यान्ड, ब्राजिल, स्पेन, इटाली र अस्ट्रेलियाका विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सामेल थिए । नयाँ बिरामीका लागि नयाँ उपचार पद्धति नै आवश्यक पर्ने औँल्याउँदै डा. चन्दले अब उपचार अघि नै बिरामीको वर्गीकरण जरुरी रहेको उल्लेख गरेका छन्। गोरखापत्र दैनिक