१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख खापुङ समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस



कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष बुधबार विराटनगरमा प्रदेश निर्वाचन अधिकारी युवराज गुरागाईँले निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को १९औँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुहुँदै । तस्बिर : मनोज दाहाल / रासस
अ+ अ-

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आज निर्वाचन आयोगले आफ्नो १९ औं वार्षिक प्रतिवेदन पेस गरेको छ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका कोशी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख  युवराज गुरागाईले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाउनु भयो ।

प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा  सम्पन्न गर्न आयोगको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले सम्पूर्ण नेपाली जनतलाई सर्वभौम सत्ताको मालिक र राजकीय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख खापुङ्गले जनताले विवेकपूर्ण रुपमा निर्वाचनमा  मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईले गत  आर्थिक वर्षमा आयोगमा १२२ वटा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिनुभयो । रासस