९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका केन्द्रीय सदस्य शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

बुधबार राजधानीमा आयोजित कार्यक्रमका क्रममा शाहलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाललगायतका शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका हुन्।

एमालेले भीम रावललाई कारबाही गरेपछि शाह पनि रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’मा सक्रिय भएका थिए। सोही अभियानका क्रममा उनले पार्टीप्रतिको असन्तुष्टि सार्वजनिक गर्दै नयाँ राजनीतिक विकल्प रोजेका हुन्।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा बाजुराबाट विजयी भएका शाह सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा आर्थिक योजना मन्त्रीसमेत बनेका थिए।

पार्टी प्रवेशपछि उनले देश र जनताको हितका लागि नयाँ राजनीतिक यात्राको सुरुवात गरेको बताएका छन्।